मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

मधेश प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार गम्भिर : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 12552+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधारका लागि गम्भिर रहेको बताएका छन् । मंगलबार शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र–छात्राहरुलाई साइकल वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले दिनानु दिन खस्किँदो शैक्षिक स्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे । 

कमजोर नतिजाबीच पनि उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई उनले बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे । उनले विगतमा मधेश प्रदेशको शिक्षा स्तरले देशव्यापी छुट्टै पहिचान बनाएको स्मरण गर्दै सो पहिचानलाई पुनः कायम गर्न प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिए ।

मुख्यमन्त्री सिंहले लोकसेवा आयोगमार्फत भर्ना हुने कर्मचारीको संख्या अत्यन्त कम रहेको जानकारी दिँदै प्रदेश सरकारले यस अवस्थालाई मध्यनजर गर्दै प्रदेश लोकसेवा आयोग गठन गरी ३९५ पुराना र २११ नयाँ कर्मचारी भर्नाको लागि सिफारिश गर्न सफल भएको जानकारी दिए । कार्यक्रममा मधेस प्रदेशको धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र सिरहा जिल्लाका स्थानीय तहहरुमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने १ सय ४६ छात्र छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार