मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मधेश प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार गम्भिर : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 11768+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधारका लागि गम्भिर रहेको बताएका छन् । मंगलबार शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र–छात्राहरुलाई साइकल वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले दिनानु दिन खस्किँदो शैक्षिक स्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे । 

कमजोर नतिजाबीच पनि उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई उनले बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे । उनले विगतमा मधेश प्रदेशको शिक्षा स्तरले देशव्यापी छुट्टै पहिचान बनाएको स्मरण गर्दै सो पहिचानलाई पुनः कायम गर्न प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिए ।

मुख्यमन्त्री सिंहले लोकसेवा आयोगमार्फत भर्ना हुने कर्मचारीको संख्या अत्यन्त कम रहेको जानकारी दिँदै प्रदेश सरकारले यस अवस्थालाई मध्यनजर गर्दै प्रदेश लोकसेवा आयोग गठन गरी ३९५ पुराना र २११ नयाँ कर्मचारी भर्नाको लागि सिफारिश गर्न सफल भएको जानकारी दिए । कार्यक्रममा मधेस प्रदेशको धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र सिरहा जिल्लाका स्थानीय तहहरुमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने १ सय ४६ छात्र छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार