मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

ऊर्जा क्षेत्रमा नयाँ फड्को: नलगाड मैनताडा सहित तीन प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढ्यो

Ujyalosandeshonline 12456+ समाचार ( )
८ कार्तिक २०८२, शनिबार

काठमाडौँ । चालु आर्थिक वर्षमा सरकारले तीनवटा प्रसारण लाइन निर्माणका लागि अनुमति दिएको छ, जसमा भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने ७५ किलोमिटर लामो ४०० केभी क्षमताको नलगाड मैनताडा प्रसारण लाइन प्रमुख छ। यो प्रसारण लाइनले २४०० मेगावाट बिजुली प्रवाह गर्न सक्नेछ, जसको निर्माण राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले गर्दैछ ।

यसका साथै, ३३ केभी क्षमताका खोरुङगा खोला प्रसारण लाइन (४.३८ किलोमिटर, ४.८ मेगावाट क्षमता) र सुपर सर्दी खोला हाइड्रोपावरको प्रसारण लाइन (३.६८ किलोमिटर, २.९ मेगावाट क्षमता) ले पनि निर्माण अनुमति पाएका छन्। यी दुवै प्रसारण लाइन जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण छन् ।

विद्युत् विकास विभागले हालसम्म कुल २७४ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरिसकेको छ । चालु आवमा आठ प्रसारण लाइनका लागि सर्वेक्षण अनुमति पनि दिइएको छ, जसमा १३२ केभी क्षमताका मध्य चमेलिया, फालेखु खोला, जानकी सोलार पावर, डाँडाँखेती बुर्तीबाङ र सानी भेरी लगायतका परियोजनाहरू छन् । कुल १४४ प्रसारण लाइनले सर्वेक्षण अनुमति पाइसकेका छन् भने चालु आवमा ११ वटासहित २१ प्रसारण लाइनको सर्वेक्षण अनुमतिका लागि आवेदन परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार