मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

पश्चिम नवलपरासी प्रहरीले धमाधम समात्दै फरार : ३२ वर्षपछि प्रतिवादी पुगे कारागार

Ujyalosandeshonline 12548+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

परासी । नवलपरासी पश्चिम प्रहरीले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ । अदालतबाट दोषी ठहर भएर कैद वा जरिवाना वा दुवै सजाएको फैसला पश्चात सजाए भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समययता प्रहरीले धमाधम पक्राउ गरिरहेको हो ।

पछिल्लो २३ दिनमा मात्रै विभिन्न मुद्दाका ३७ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । यस्तै प्रहरीले डाँका मुद्दामा ३२ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पनि समातेर कारागरमा पुराएको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका-१३ का राम बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार जिल्ला अदालत नवलपरासीले ०४९ भदौ १८ गते डाँका मुद्दामा गुरुङलाई दोषी ठहर गर्दै पाँच वर्ष दुई महिना पच्चीस दिन कैद र दुई हजार नौ सय सात रुपैयाँ जरिवाना सजाएको फैसला गरेको थियो ।

त्यस पश्चात फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नारायण थापाले जनाए । पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएर सजाए भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’,जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक शिव क्षेत्रीले भने, ‘जसप्रति अभियान नै चलाएर हामी निर्मम रुपमा उत्रिएका छौँ ।’ प्रहरीले अदालतबाट फैसला भएका फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ ।

दशकौँ अघिदेखि फरार प्रतिवादीको हुलिया, व्यक्तिगत पहिचान, पेशा, ठेगाना लगायत परिवर्तन गरेर बस्ने गरेकोले उनीहरुलाई पक्राउ गर्नमा चुनौती रहेपनि जिल्लासँगै विभिन्न प्रहरी युनिटबाट अहोत्र खटिएर कार्यसम्पादन भइरहेको उनी बताउँछन् । कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने उद्देश्यले चलाइएको अभियान अन्र्तगत धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गर्ने कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार