मुख्य समाचार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने | एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने | रुपन्देहीमा एकै महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता, ८० जना फरार प्रतिवादी पक्राउ | जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता |

मिथिला माध्यमिकी परिक्रमा सुरु, महाकुम्भको झल्को

Ujyalosandeshonline 12570+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

जनकपुर । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ ।बिहीबार फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको छ ।

आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली शुक्रवार बिहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्ने छन् ।

फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवात हुने परम्परा रहेको छ ।

श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने गर्छन ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।

सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।

कञ्चनवनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ ।

त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् ।

 फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्छन् । अन्तरगृह परिक्रमाको भोलीपल्ट जनकपुरमा होली खेलिने परम्परा रहेको छ ।

परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता हुने भएकाले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार