मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सुनकोसीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिममा

Ujyalosandeshonline 12548+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीमा सुनकोसी नदीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर आवतजावत गरिरहेका छन् । गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको राकाथुमलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन । 

सुनकोसी नदीको सो झोलुङ्गे पुलमा गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको थियो । बाढीले पुलका स्ल्याप बगाएर लगेपछि झोलुङ्गे पुलमा बाँस राखेर अस्थायी रूपमा सञ्चालन गरिएको थियो । तत्कालको लागि अस्थायी रूपमा बाँस हालेर पुल सञ्चालनमा ल्याइएको भए पनि अझै मर्मत हुन नसकेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए । 

पुलका राखिएका बाँसहरू अहिले एक ठाउँमा जम्मा भएका छन् । पुलको ठाउँ ठाउँमा ठुला ठुला भ्वाङहरु छन् । जसले गर्दा मानिसहरूका गोडा पसेर पुलबाटै झर्ने जोखिम बढेको छ । 

स्थानीय गणेशबहादुर श्रेष्ठका अनुसार पुल धराप थापे जस्तो भएको छ । सो पुल भएर बेलघारीका २० जना भन्दा बढी विद्यार्थी दैनिक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ गुठबजारमा रहेको विद्यालयमा पढ्न जाने गर्दछन् । विद्यार्थीहरू दैनिक यही पुलबाट जोखिम मोलेर आवतजावत गर्ने  उनले बताए । 

विद्यार्थी मात्र होइन स्थानीयको खेत, बजार, स्वास्थ्य संस्था पनि सिन्धुली पट्टी भएकोले दैनिक खेतीको काम, किनमेल तथा औषधी उपचारको लागि पनि यो पुल नतरी हुँदैन । तर पुलको अवस्था भने निक्कै लेखिमपूर्ण छ । ‘दैनिक आउजाउ गर्नुपर्छ, अर्को विकल्प छैन, कति बेला कस्तो दुर्घटना हुने ठेगान छैन’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार