मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

पञ्चकन्याद्वारा बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

Ujyalosandeshonline 12321+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

भैरहवा । पञ्चकन्या समूहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोषले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । २०७० सालमा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोषले यो दशौं पटक छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले जानकारी दिए । उनले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि छात्रवृत्तिको स्थापना गरिएको बताए । 

उनले उद्योग स्थापना भएको क्षेत्रका स्थानियहरुले लाभ लिन पाउने गरि अन्य सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु पनि गरिएको बताए । बिद्यार्थीहरुलाई हौसला दिदै उनले ब्यवस्थापन, ईन्जिनियरिङ्ग लगायत अध्ययन गरे आफ्नै उद्योगमा रोजगार दिन सक्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर १५ का वडा अध्यक्ष खेम बहादुर गुरुङ्गले पञ्चकन्या समूह तथा यसका संस्थापकहरुबाट तिलोत्तमा सुरु देखि नै सहयोग पाउदै आएको बताए । उनले छात्रवृत्ति पाउने बिद्यार्थीहरुले पाएको रकम सदुपयोग गर्दै यसको गरिमा जोगाउन आग्रह गरे ।

अक्षयकोषबाट सुरक्षा गोदारलाई १० हजार नगद सहित शैक्षिक सामाग्री, सन्दिप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियार (दर्जि)लाई जनही ५ हजार रुपैया र शैक्षिक सामाग्री प्रदान गरिएको पञ्चकन्या समूहका महाप्रवन्धक देवेन्द्र साहूले जानकारी दिए ।

प्रेम बहादुर श्रेष्ठ अक्षयकोषका अध्यक्ष ध्रुव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका प्राचार्य बेदनारायण भट्टराई, बिद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष वाला घिमिरे, पूर्व अध्यक्ष राम प्रसाद बस्याल लगायतले बोलेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार