मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको कांग्रेस–एमाले गठबन्धनविरुद्ध सबै माओवादी एक भएर लड्ने उदघोष गरेका छन् । संविधान संशोधन गरेर समानुपातिक र समावेशीलगायतका उपलब्धीको रक्षाका लागि जस्तोसुकै संघर्षमा जान सकिने नेताहरुले चतावनीसमेत दिएका छन् ।

मंगलबार काठमाडौंमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य माइला लामाले निरकुमार राईजस्तै हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाएका छन् । 

उनले नेकपा (माओवादी केन्द्र)तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरु क्रान्तिलाई निरन्तरताका लागि अगाडि बढेको बताए । 

उनले भने, ‘जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजबुद बनाएर लड्ने हो ।’ 

लामाले दलाल पूँजीवादी व्यवस्थाको कारण हजारौं यूवाहरु पलायन हुन बाध्य भएको र देशलाई थप कमजोर बनाउन देउवा–ओलीको गठबन्धन भएको बताए । 

लामाले २०४७ सालतिर नेपालको राजनीति फर्काउन खोजिए त्यसविरुद्ध माओवादीहरु एक भएर लड्ने चेतावनी दिए । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नुपर्ने धारणा राखे । 

भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्दाले माओवादी र उत्पीडित जनतालाई झस्काएको र प्रतिगमनतिर फर्कन लागेको बताउँदै सबै परिवर्तनमकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताए ।

यस्तै, कार्यक्रममा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटर, सहिद निरकुमारकी जीवन संगिनी इन्द्रकला राई, घाइते योद्धा सुरेन्द्र महर्जन, सहिद कुमार पौडेलकी दिदी,सहिद निरन्तरकी जीवन संगिनी पूर्णिमा, सहिद प्रज्वल शाहीकी बहिनी मनिषालगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार