मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

प्रदेश खारेज गर्न सके समाजवाद : उपेन्द्र यादव

Ujyalosandeshonline 12348+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको समावेशी मर्मअनुसार मुलुक अगाडि बढ्न नसकेकाले प्रदेश व्यवस्था पुनःसंरचना गर्नुपर्ने बताएका छन् । संघीय गणतन्त्र र धर्म निरपेक्षताका विरोधीहरु मैदानमै उत्रेर लागिपरेको अवस्था भएकाले सजग हुनुपर्ने पनि बताएका छन् । 

ललितपुरमा शनिबार आयोजित समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन कार्यक्रममा उनले संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुने देखेर त्यसका विरोधी सक्रिय भएको बताए । सबैको पहुँचका लागि समावेशिता आवश्यक रहेको र यसका लागि संघीय प्रणालीको विकल्प नभएको जिकिर उनले गरे ।  

उनले भने,‘राज्यको संरचनामा संघीयतामा जानुपर्ने कारण के हो भने विधितालाई एकात्मक शासन प्रणाली सम्बोधन गर्न सकेन । संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई सम्बोधन गर्न सहज हुन्छ र दुनियाँका धेरै मुलुकहरुले त्यस्ता सम्बोधन गर्न सफल भएकाले संघीयता ल्याएका हौं । तर अहिले संघीयता, गणतन्त्र, यो दुई वटा कुराको विरुद्धमा र धर्मनिरपेक्षताका विरुद्धमा मैदानमै उत्रेर लागेका छन् ।’

उनले समावेशिताको हालत धमिराले भित्रभित्रै बाँसलाई खाएर कुहाएको जस्तो रहेको टिप्पणी गरे । संघीय प्रणालीलाई पहिचानमा आधारित बनाउन प्रदेश खारेज गरी पुनः संरचना गर्नुपर्ने उनको भनाइ थियो । 

उनले भने, ‘समावेशितालाई भित्रभित्रै धमिराले बाँसलाई खाँदाखाँदै भित्रभित्रै कुहाइदिएको जस्तो हालत छ । त्यसैले समावेशिता संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जनताको मौलिक हक जस्ता महत्वपूर्ण अधिकारको रक्षा गर्दै संघीय प्रणालीलाई पहिचानमा आधारित बनाउने र त्यही आधारमा राज्यलाई फेरि पुनःसंरचना गर्न सात वटा प्रदेश खारेज गर्ने काम गर्न सक्यौं भने त्यही नै समाजवादको पूर्वाधार हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार