मुख्य समाचार
पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव | भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा |

अर्घाखाँचीको भालुखोलामा स्वास्थ्य सेवा विस्तार, गाउँघर क्लिनिकको उद्घाटन

Ujyalosandeshonline 12530+ समाचार ( )
२५ कार्तिक २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ७, भालुखोलामा ७ लाखको लागतमा नवनिर्मित गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ। वडा नं ७ का अध्यक्ष चुरा ब केसीले क्लिनिकको उद्घाटन गर्दै स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने यसको मुख्य उद्देश्य रहेको बताउनुभयो। यो क्लिनिकले १५० घरधुरीलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ।

अध्यक्ष केसीले स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको र गुणस्तरीय सेवाबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्नेमा जोड दिनुभयो। उद्घाटन कार्यक्रममा खाँचीकोट गाविसका पूर्व अध्यक्ष सिद्धि प्रसाद ज्ञवाली, जनजीवन प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खिमानन्द आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम पूर्व गाविस अध्यक्ष सिद्धि प्रसाद ज्ञवालीको अध्यक्षता र खाँचीकोट स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विकको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार