मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि

Ujyalosandeshonline 12611+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

महेन्द्रनगर (धनुषा) ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र समावेशी राजनीतिका लागि निरन्तर सङ्घर्षरत पार्टीका रूपमा कांग्रेस रहेको बताउनुभएको छ । कांग्रेस धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टी सङ्गठनलाई सुदृढ बनाउन र जनताको विश्वास जित्न कार्यकर्ताहरूले इमान्दारिता र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । 

नेता निधिले कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले वर्तमान समयमा मुलुक कठिन अवस्थामा रहेको बताउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि आपसी सहकार्य र समन्वय आवश्यक पर्ने धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य रामसरोज यादवले पार्टीलाई जरा तहदेखि बलियो बनाउन सबै नेता-कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यकर्ता जनताका समस्या समाधानमा सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा तथा पार्टी एकतालाई बलियो बनाउनेतर्फ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा गृह सदस्यहरूको उपस्थिति थियो । बैठकमा सङ्गठन विस्तार, पार्टीको वर्तमान अवस्था, आगामी कार्यक्रम तथा स्थानीय तहमा कांग्रेसको भूमिकाबारे विस्तृत छलफल भएको थियो । क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधिले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई आत्मसात गर्दै सङ्गठनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार