मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

Ujyalosandeshonline 12547+ समाचार ( )
१७ पौष २०८१, बुधवार

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नगरपालिकाका किसानलाई व्यवसायीक बनाउनको लागि उत्प्रेरित गर्न दुई दिने नगरपालिका स्तरीय कृषि तथा लघुउद्यम प्रदर्शनी मेला सुरु भएको छ । 

मेलाको मंगलबार संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङले शुभारम्भ गरेका हुन् । 

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्की, राजनीतिक दलका नेताहरू, रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने लगायतले प्रदर्शनीले किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गरेको बताए । 

हालसम्म नगरपालिकाले कृषि र लघुउद्यम क्षेत्रमा गरेको लगानीको प्रतिफल हेरी आगामी लगानीका क्षेत्र पहिचान गर्न प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख लब श्रेष्ठले बताए । 

प्रदर्शनीमा बाली तर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य, चिया, कफी, मसलाजन्य, कन्दमूल, नर्सरी लगायतका उत्पादन राखिएको छ । त्यस्तै पशुपन्छी तर्फ खसी, बोका, अण्डा लगायत प्रदर्शनीमा राखिएको छ ।  

दूध जन्यमा डेरीका विभिन्न परिकारहरू प्रदर्शनीमा राखिखिएको छ । लघुउद्यम तर्फ बेकरी, होजियारी, ढाका कपडा, ब्याग, दुना, टपरी, हस्तकला, बाँसजन्य, साबुन, आलुचिप्स लगायतका सामाग्री प्रदर्शनीमा राखिएको छ । 

जिल्ला समन्वय समितिको मैदानमा आयोजना गरिएको प्रदर्शनीमा किसानहरूलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराइएको छ । त्यस्तै प्रदर्शनीमा आउने किसान र ल् ल्याउने सामाग्रीको यातायात भाडा तथा प्रदर्शनीमा बस्नेलाई प्रतिस्टल एक जनाको दरले खाना र आवास खर्च समेत नगरपालिकाले नै उपलब्ध गराएको छ । 

५वटा भन्दा बढी स्टलमा किसानले आफ्नो उत्पादन राखेका छन् । प्रदर्शनीमा १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार