मुख्य समाचार
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द, आन्तरिक उडान प्रभावित

Ujyalosandeshonline 11907+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने भएको छ। जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसोदेखि विमानस्थल बन्द गरिएको थियो। बुद्ध एयरले एक सूचना जारी गर्दै यात्रुहरूलाई पर्न गएको असुविधाप्रति माफी मागेको छ ।

देशको विषम परिस्थितिका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्। टिकट लिइसकेका यात्रुहरूको पैसा फिर्ता गरिने कम्पनीले जनाएको छ । वायुसेवा सञ्चालक संघले विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै संघका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने बताएका छन्।

संघले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा भएको दुःखद घटना र हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । यसैबीच, संघले अर्को एक विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरूबाट कुनै पनि राजनीतिज्ञ वा मन्त्रीलाई उडान सेवा नदिएको दाबी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार