नवलपरासीबाट पेस्तोलसहित दुई युवा पक्राउ

Ujyalosandeshonline 11139+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

परासी । अबैध हतियार पेस्तोल सहित बर्दघाट नगरपालिका–१२ जहदाबाट दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरीले बर्दघाट नगरपालिका–१३ का अजय अहीर र कमल चौधरीलाई पक्राउ गरेको हो ।

अजय अहिरले लगाएको जिन्स पाइन्टमा लुकाएको अवस्थामा कालो रंगको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी रेशम बोहोराले बताए ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत परासीमा हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार