मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सडक विस्तारमा सिडओको सक्रियता !

Ujyalosandeshonline 11768+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

हेटौंडा । मकवानपुरमा २५–२५ मिटर सडक विस्तार कार्यलाई गति दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी स्वय फिल्डमा खटिएका छन् । भीमफेदी गाउँपालिका र गढी गाउँपालिका क्षेत्रअन्तर्गत सामारी आसपासको सडक सिमानावाचन तथा नापजाँच कार्य सिडिओ अधिकारीको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भइरहेको छ ।

सडक विस्तारको प्रक्रियामा प्रशासन प्रमुख आफै अग्रसर बनेपछि स्थानीयवासी उत्साहित बनेका छन् । लामो समयदेखि अल्झिएको सडक विस्तार यसपटक प्रभावकारी रूपमा अघि बढ्ने जनविश्वास थप बलियो बन्दै गएको छ । सिडिओ अधिकारीले भने, ‘२५ मिटरको सडक यसपालि जसरी पनि विस्तार गरेरै छोडिन्छ। सुव्यवस्थित विकासका लागि सडक विस्तार अनिवार्य छ ।’

उनको पहलसँगै प्रशासन, प्रहरी तथा प्राविधिक टोली सडक सिमाना नापजाँचमा सक्रिय रहेका छन् । फिल्डमा मुख्य अधिकारीको उपस्थिति देखेपछि स्थानीयले काम द्रुत गतिमा अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन् । एक स्थानीयले भने, ‘सिडिओ साहेब आफै आएका देख्दा हाम्रो गुनासो सुन्ने र काम असरदार हुने आशा बढेको छ ।’ सडक विस्तारलाई कुनै हालतमा रोक्न नदिने प्रशासनको दृढताका रूपमा सिडिओ बसन्त अधिकारीको सक्रियता हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार