मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सडक विस्तारमा सिडओको सक्रियता !

Ujyalosandeshonline 12614+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

हेटौंडा । मकवानपुरमा २५–२५ मिटर सडक विस्तार कार्यलाई गति दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी स्वय फिल्डमा खटिएका छन् । भीमफेदी गाउँपालिका र गढी गाउँपालिका क्षेत्रअन्तर्गत सामारी आसपासको सडक सिमानावाचन तथा नापजाँच कार्य सिडिओ अधिकारीको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भइरहेको छ ।

सडक विस्तारको प्रक्रियामा प्रशासन प्रमुख आफै अग्रसर बनेपछि स्थानीयवासी उत्साहित बनेका छन् । लामो समयदेखि अल्झिएको सडक विस्तार यसपटक प्रभावकारी रूपमा अघि बढ्ने जनविश्वास थप बलियो बन्दै गएको छ । सिडिओ अधिकारीले भने, ‘२५ मिटरको सडक यसपालि जसरी पनि विस्तार गरेरै छोडिन्छ। सुव्यवस्थित विकासका लागि सडक विस्तार अनिवार्य छ ।’

उनको पहलसँगै प्रशासन, प्रहरी तथा प्राविधिक टोली सडक सिमाना नापजाँचमा सक्रिय रहेका छन् । फिल्डमा मुख्य अधिकारीको उपस्थिति देखेपछि स्थानीयले काम द्रुत गतिमा अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन् । एक स्थानीयले भने, ‘सिडिओ साहेब आफै आएका देख्दा हाम्रो गुनासो सुन्ने र काम असरदार हुने आशा बढेको छ ।’ सडक विस्तारलाई कुनै हालतमा रोक्न नदिने प्रशासनको दृढताका रूपमा सिडिओ बसन्त अधिकारीको सक्रियता हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार