मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

भारतीय प्रधानमन्त्री मोदीद्वारा बिहार विधानसभा आफ्नो पक्षमा देखिएको दावी, सहयोगका लागि उच्च प्रशंसा

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ कार्तिक २०८२, शुक्रबार

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको स्थानीय निर्वाचनमा आफ्नो पार्टी र उसका सहयोगीहरूले ‘शानदार’ विजय गरेको भन्दै परिणामका लागि सहयोगी सबैको प्रशंसा गर्नुभएको छ । १३० करोड जनसंख्या भएको यो पूर्वी राज्यलाई नयाँ दिल्लीको बढ्दो अर्थतन्त्रलाई सबैभन्दा गरिब नागरिकका लागि लाभमा परिणत गर्न मोदीको क्षमताको परीक्षणका रूपमा हेरिएको थियो ।     

मतगणना अझै जारी छ र अन्तिम नतिजा शनिबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। तर निर्वाचन आयोगले आंशिक परिणाम र प्रक्षेपणहरूले राज्यको विधानसभामा मोदीको भारतीय जनता पार्टी (भाजपा) र उसका सहयोगीहरूलाई ठोस बहुमत दिने सङ्केत मिलेको छ। प्रधानमन्त्री मोदीले यो जीतलाई ‘सुशासनको जीत’ भन्नुभएको छ। 

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यो जनादेशले हामीलाई जनताको सेवा गर्न र बिहारका लागि नयाँ सङ्कल्पका साथ काम गर्न सशक्त बनाउनेछ। बिहार हिन्दी भाषी उत्तरको एक मात्र राज्य हो, जहाँ भाजपाले कहिल्यै एक्लै शासन गरेको छैन ।   

यसपटक पनि उसले आफैंले बहुमत प्राप्त गर्ने सम्भावना छैन तर गठबन्धन साझेदार जनता दल (युनाइटेड) लाई पनि पछि पार्दै सबैभन्दा ठूलो पार्टीको रूपमा उभिने देखिन्छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार साना सहयोगीहरूसँग मिलेर उनीहरूले राज्य विधायिकाको २४३ सिटमध्ये कम्तिमा तीन चौथाई सिट प्राप्त गर्ने देखिएको छ। 

विश्लेषकहरूले आगामी वर्ष हुन लागेको अन्य क्षेत्रीय चुनावअघि मोदी र उहाँको पार्टीलाई बलियो बनाउन सक्ने बताएका छन्। छिमेकी मुलुक पाकिस्तानसँगको सशस्त्र द्वन्द्व र अमेरिकी करवृद्धिलगायत आर्थिक र विदेश नीतिका चुनौतीहरूको शृङ्खलापछि पनि यसले भारतीय नेतालाई बलियो स्थितिमा उभ्याउने अपेक्षा गरिएको छ।(रासस/एएफपी) 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार