मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

मर्चवारको श्रीराम माविमा लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

जैसमोहम्मद खान 75+ समाचार ( )
२२ मंगशिर २०८२, सोमबार

मर्चवार ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रुपन्देहीको मर्चवार स्थित कोटहीमाई गाउँपालिकामा विद्यार्थीहरूलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिकाको सहकार्यमा कोटहीमाई-२ स्थित श्रीराम माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत किशोर-किशोरीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा प्रहरी सहायक निरीक्षक (असई) सुरज पन्थले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै असई पन्थले समाजमा हुने विभिन्न प्रकारका लैंगिक हिंसा, यसका कारण, असर र कानुनी उपचारका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । उनले हिंसा सहेर बस्न नहुने र कतै हिंसा भएको देखेमा सम्बन्धित निकाय वा प्रहरीलाई खबर गर्न विद्यार्थीहरूलाई आग्रह गरे । विद्यार्थीहरू मार्फत घर-परिवार र समाजमा चेतना फैलाउने उद्देश्यले १६ दिने अभियानको सन्दर्भ पारेर यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार