मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |
मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |


सिद्धार्थनगर मेयर कप सुरु : १, ३, ९ र ११ विजयी

Ujyalosandeshonline 10783+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यालयद्धारा आयोजित नगर स्तरीय मेयर कप क्रिकेट कप प्रतियोगिता बिहिवार देखि सुरु भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको नगर प्रमुख इश्तियाक अहमद खानले एम्पायरलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरे । 

सम्उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खानले विगतमा अध्यापन छाडेर खेलकुदमा लागेमा भविष्य राम्रो नहुने अभिभावक बालबालिकालाई सुझाउने गरेपनि हाल विगतको अवस्था फेरिएर अध्यापनको साथै खेलकुदले पनि भविष्य उज्जवल बनाउने बताए । सिद्धार्थ रंगशालालाई स्मरण गर्दै उनले रंगशालाले धेरै खेलाडी जन्माएकोे र खेलाडीहरुका लागि यस रंगशालाको स्तरोन्नती तथा व्यवस्थापनका लागि आफुहरुले सकेको सहयोग गरेको र गर्दै जाने बताए । 

उनले नगरको विकासका लागि समेत सिद्धार्थ क्रिकेट रंगशालामा अन्तराष्ट्रिय खेल प्रतियोगताको आयोजना गराउनका लागि निर्माण कार्य छिटो सम्पन्न गर्न अपिल गरे । उनले नगरवासीमा लुकेका प्रतिभा प्रष्टफुटन गर्नका लागि प्रतियोगिता उत्तम प्लटेफर्म रहेकोले प्रतियोगिताको आयोजना गरिएको बताए । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले खेलाडीहरुले अनुशासनमा खेल खेल्न आग्रह गर्दै खेल र जीवन उस्तै उस्तै रहेकोले खेलको नियम पालना गरे जीवन सफल हुने बताए । उनले प्रतियोगिताको मध्यमले लुकेका प्रतिभा बाहिर आउने भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतियोगिताका संयोजक एवं सिद्धार्थनगर नगरपालिकाका वडा नं. ६ का वडाअध्यक्ष विरेन्द्र श्रीवास्तवले अगामी वर्ष ‘डे–नाइट’ क्रिकेट प्रतियोगितका लागि सिद्धार्थनगर प्रिमिएम लिग गराउने प्रयास गर्ने बताए । 

प्रिितयोगिताको पहिलो खेल सिद्धार्थनगर नगरपालिकाको वडा नं. १ र वडा नं. ४ बीच हुने तालिका अनुसार वडा नं. ४ निर्धारित समयभित्र मैदानमा नपुगेपछि वडा नं. १ विजयी घोषित भएको छ । त्यस्तै वडा नं. ३ र ७ बीच भएको दोस्रो खेलमा वडा नंं. ३ ले वडा नं. ७ लाई ६६ रनले पराजित गर्दै विजयी भएको छ । 

यस्तै वडा नं. १० र ११ बीच भएको तेस्रो खेलमा वडा नं ११ ले वडा नं. १० लाई एक रनले पराजित गर्दै प्रतियोगिताको अगामी यात्रा तय गरेको प्रतियोगिताको संयोजक विरेन्द्र श्रीवास्तवले जानकारी दिए । त्यस्तै प्रतियोगिताको वडा नं. ९ र १३ बीच भएको चौथो खेलमा वडा नं. १३ लाई ३६ रनले पराजित गर्दै अगामीको खेलको लागि आफ्नो सिट सुरक्षित गर्न सफल भएको छ ।

सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानह्वी पाण्डेको संचालनमा सम्पन्न भएको सम्उद्धघाटन कार्यक्रममा प्रतियोगिता संचालन समितीका सदस्य एवं वडा नं. १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्ययले शुभकामना मन्तव्य राखेका थिए । सम्उद्धाटन कार्यक्रममा नगरवासी, कार्यपालिका सदस्यहरु, कर्मचारी, खेलाडी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा नगरका १३ वटै वडाका टिम सहभागी छन् । प्रतियोगिताको विजेताले कर सहित ६८ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाण पत्र, दृतिय हुनेले कर सहित ३४ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले ६ हजार ६ सय ६७ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यानले तीन हजार रुपैयाँ, उत्कृष्ट बलरले तीन हजार रुपैयाँ, म्यान अफ दि म्याचले एक हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संचालन समितीका सदस्य एवं वडा नं. १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार