मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी

Ujyalosandeshonline 12674+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

चितवन। चितवन जिल्ला अदालतमा दुई वर्ष माथिका ६६ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् । अदालतमा दर्ता भएका मुद्दामध्ये दुई हजार ५९० मुद्दा फैसला हुन बाँकी रहेकामा दुई वर्ष माथिका सो सङ्ख्यामा मुद्दा फैसला हुन बाँकी रहेका छन् । अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार ८४० मुद्दा दर्ता भएका थिए । आव २०८१÷८२ मा जिम्मेवारी सरी आएका एक हजार ८५९ वटा मुद्दासहित गत आवमा पाँच हजार ६९९ वटा मुद्दा रहेका थिए ।

सोमध्ये तीन हजार १०९ वटा फछ्र्यौट भएका थिए । अहिले दर्ता भई फैसला हुन बाँकी रहेका मुद्दामा १८ महिनादेखि दुई वर्षसम्मका २३६, १२ महिनादेखि १८ महिनासम्मका ४५६, छ महिनादेखि १२ महिनासम्मका ५९२ र छ महिनाभित्रका एक हजार २४० वटा मुद्दा रहेका छन् । समग्रमा जिल्ला अदालतबाट ५४ दशमलव ५५ प्रतिशत मुद्दाको फैसला भएको छ । भदौ अन्तिम साता, असोज, कात्तिक र मङ्सिर महिना अदालतको कामकारबाही प्रभावित हुँदा गत वर्ष चितवन जिल्ला अदालतको मुद्दा फछ्र्यौटको अवस्था विगतका वर्षकोभन्दा कम भएको हो । पुराना मुद्दा फछ्र्यौटमा कमी मात्र नभई नयाँ मुद्दा दर्ता पनि कमी आएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो । 

चितवन जिल्ला अदालतमा गत आव २०८२÷८३ मा अनुमान गरेभन्दा कम मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता सङ्ख्या कम हुँदा अदालतको मुद्दा फछ्र्यौट दर पनि अघिल्लो वर्षकोभन्दा केही घटेको छ । ६५ प्रतिशत फछ्र्यौट लक्ष्य भएकामा जम्मा ५४.५५ प्रतिशत मात्र फछ्र्यौट भएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो । आव सुरू भएसँगै अदालतले चार हजार ८५२ थान मुद्दा दर्ता हुने अनुमान गरेको थियो । हरेक आवको सुरूआतमा अदालतले चालु आवको मुद्दा सङ्ख्या अनुमान गर्ने गर्दछ । चितवन जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि पाँच हजार ८६९ जनालाई पक्राउ गर्न बाँकी रहेको छ । जसमध्ये पाँच हजार ७८४ नेपाली र विदेशी ८५ जनासँग कैद जरिवाना असुल गर्नुपर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार