मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

लुम्बिनीमा १४ वर्षीय किशोरको हत्या आरोपमा दुई जना पक्राउ

Ujyalosandeshonline 12457+ समाचार ( )
१३ वैशाख २०८३, आइतबार

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक १४ वर्षीय किशोरको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ निपनियास्थित आफ्नै घरमा मृत फेला परेका सुरज चाइको मृत्यु स्वभाविक नभई हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

सुरुवातमा झुण्डिएको अवस्थामा शव फेला परे पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको सुक्ष्म अनुसन्धानका क्रममा उनलाई दुई जना व्यक्तिले कर्तव्य गरी मारेर झुण्डाएको तथ्य फेला परेको हो। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लुम्बिनीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार पक्राउ परेका अभियुक्तहरू विरुद्ध जिल्ला अदालत रुपन्देहीबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाको विस्तृत विवरण र हत्याको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार