मुख्य समाचार
संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छः संयोजक दाहाल | अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक | नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन | चैत्र शुक्ल पूर्णिमाः हनुमान जन्मजयन्ती मनाइँदै | एसईई २०८२: मुख्यमन्त्री आचार्यद्वारा निर्धक्क भएर परीक्षा दिन आग्रह | ‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण छ’ | ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै | प्रधानमन्त्रीसँग मधेस प्रदेशका सांसदको छलफल | गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई जिम्मेवारी बहन गर्न निर्देशन |

बाढीका कारण झापाका २५० भन्दा धेरै परिवार विस्थापित

Ujyalosandeshonline 10895+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

झापा । झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका–६ भन्द्र बस्तीका ५० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए ।

बस्ती डुबान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भद्रपुर–३ स्थित नयाँ बस्तीमा ३० घर डुबानमा परेका छन् । उनीहरूलाई भद्रपुर–२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै, बाह्रदशी गाउँपालिका–२ स्थित सुकुम्वासी बस्तीमा २४ घरमा पानी पसेको छ । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रवक्ता चन्दले जानकारी दिए ।

यस्तै, भद्रपुर–५ गैरीगाँउमा मेची खोला पस्दा २० घर विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका–१० बिहानी टोलमा कनकाई खोलाले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिम रहेकोले मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । यस्तै, शिवसताक्षी–७ मा एक घरपरिवार विस्थापित भएका छन् ।

बिर्तामोड–५ र बिर्तामोड–४ मा ७ घर परिवार विस्थापित भएका छन् । बिर्तामोड–८ बाह्रबिघेमा ३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई नगरपालिका ३ झरना बस्तीमा सन्का खोला र सुरुंगा खोलाको पानी पस्दा ११ घर विस्थापित भएका छन् । बिर्तामोड–३ सिर्जना टोलमा अदुवा खोलाको पानी पस्दा ९ घर विस्थापित भएका छन् । हल्दिबारी गाउँपालिका–२ खर्साङचोकमा १३ घरपरिवार विस्थापित भएका छन् ।

भद्रपुर–६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर विस्थापित भएका छन् । झापा गाउँपालिका–६ मा बिरिङ खोलाको बाढी पस्दा तीन घर विस्थापित भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–१ बाङ्गे टोलमा कमल खोला पस्दा १२ घरपरिवार विस्थापित भएका छन् । भद्रपुर–४ मेची गाउँमा डुबानले ६ घर विस्थापित भएका छन् । कचनकवल गाउँपालिका–७ भट्टा टोलमा डुबान हुँदा १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई आफन्त, छिमेकी र सार्वजनिक भवनहरूमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार