मुख्य समाचार
जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली | कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने | रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ |
मुख्य समाचार
जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली | कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने | रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ |


ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

Ujyalosandeshonline 12193+ समाचार ( )
१५ भाद्र २०८३, सोमबार

पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ । दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो । कुनै समय नेवार समुदायको परम्परा, पहिचान र मनोरञ्जनसँग अभिन्न रूपमा जोडिएको लाखेनाच पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । पुरानो पुस्ताले बिर्सिँदै गएको यही परम्परालाई जोगाउन यहाँका नयाँ पुस्ताका युवा अहिले सक्रिय भएका छन् ।

पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवाले लाखेनाचलाई अभियानकै रूपमा अघि बढाएका छन् । उनीहरूले घण्टाकर्णदेखि भगवती जात्रा अर्थात् कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ लाखेनाच प्रदर्शन गर्दै आएका छन् । समूहका अध्यक्ष किरण चित्रकारका अनुसार यस अभियानको उद्देश्य केवल नाच देखाउनु होइन, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नु हो । “बाबुबाजेको परम्परा बिर्सिन थाल्यौँ, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ”, चित्रकार भन्नुहुन्छ, “लाखेनाच विस्तारै लोप हुँदै जान थालेको छ ।”

नेवारी संस्कृति अन्य समुदायमाझ लोकप्रिय भए पनि आफ्नै समुदायले त्यसको संरक्षण गर्न नसकेकामा चित्रकारको चिन्ता छ । “अरू समुदायमाझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ, तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ”, उहाँ भन्नुहुन्छ । चित्रकारका अनुसार पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा र आसपासका जिल्लामा लाखेनाचको प्रचलन सुरु भएको र त्यसले अहिलेसम्म निरन्तरता पाएको छ । 

मणिमुकुन्द सेनले काष्ठकला र संस्कृतिकलामा निपुण नेवार समुदायलाई पाल्पा ल्याएको र उनीहरूमार्फत गुठी तथा जात्रा परम्परामार्फत लाखेनाच पाल्पा भित्र्याएको इतिहासका जानकार बताउँछन् । लाखेनाचको आकर्षण यसको मुखौटा, वेशभूषा, बाजाको तालले दर्शकलाई छुट्टै रौनकता थप्ने गरेको छ । लाखेनाचमा डरलाग्दो मुखौटाको आकर्षणले बालबालिकादेखि पाका पुस्तासम्म यसको अवलोकनका लागि झुम्मिने गरेको इतिहासका जानकार पुष्करराज रेग्मी बताउनुहुन्छ । 

बाजाको तालमा लाखेको हाउभाउ, ढोल र झ्याम्टाको ताल र आकर्षक वेशभूषासहितको नाचले सबैलाई आकर्षित गर्ने गरेको उहाँले बताउनुभयो । लोप हुन लागेको लाखेनाच संरक्षणका लागि पाल्पाली नाट्य कला सांस्कृतिक समूहले तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल र वसन्तपुरलगायतका स्थानमा हरेक दिन साँझ ६ः०० बजेदेखि करिब तीन घण्टासम्म लाखेनाच प्रदर्शन गर्दै आएको छ । यो नाच काठमाडौँ उपत्यकामा प्रचलित परम्पराका रूपमा चिनिए पनि पछिल्लो समय पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुँदै गएको छ । तानसेनबाहेक नेवार बस्ती रहेका रामपुर, सराई, हार्थोक र आर्यभञ्ज्याङमा लाखेनाच नाच्ने परम्परा रहेको छ । 

मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौँरी गाईको चमर, महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् । संस्कृतिको संरक्षणमा पाल्पालीले सुरु गरेको अभियानलाई छिमेकी जिल्लाका सरोकारवालाले पनि सकारात्मक रूपमा लिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार