रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग

Ujyalosandeshonline 12538+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

भैरहवा।अर्घाखाँची सिमेन्ट लिमिटेडले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा योगदान गर्ने निर्णय गरेको हो।

बाढीबाट प्रभावित नागरिकहरूप्रति गहिरो ऐक्यबद्धता व्यक्त गर्दै कम्पनीले प्राकृतिक विपद्‌मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस कठिन घडीमा बाढीपीडित नागरिकहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता कम्पनीले जनाएको छ। उपलब्ध गराइएको सहयोग रकमले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनर्स्थापनाका कार्यहरूमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास अर्घाखाँची सिमेन्ट लिमिटेडले व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार