मुख्य समाचार
‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो | मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै |

सिद्धार्थनगरमा अपाङ्गलाई सहायता साम्रगी वितरण

Ujyalosandeshonline 12356+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई निःशुल्क सहायता साम्रगी उपलब्ध गराइएको छ । शारीरिक रुपमा अशक्तहरुलाई लक्षित गर्दै अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा सिद्धार्थनगर नगरपलिकाको कार्यालयले गत फागुनमा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको थियो ।

सो अवसरमा खुट्टामा समस्या भएका १२ जना व्यक्तिहरुलाई आवश्यक देखिएको विशेष किसिमको जुत्ता (सहायता साम्रगी) का लागि उनीहरुको खुट्टाको नाँप लिइएको थियो । नाँप पश्चात तयार भएको जुत्ता सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । जसमध्ये ६ जनाले केन्द्रको कार्यालयमै पुगेर जुत्ता लिएको र ६ जनालाई नगरपालिकाको कार्यालयमा उपलब्ध गराइएको हो । उनले शिविर र सहायता साम्रगीमा सिद्धार्थनगर सहित अन्य पालिकावासीहरुलाई पनि सेवा दिइएको बताइन् ।

‘संचालित शिविरमा सिद्धार्थनगर सहित अन्य पालिकावासीहरु पनि सेवा लिन आएपछि सेवाभावले हामीले उनीहरुलाई पनि सेवा दिएका थियौँ’ उपप्रमुख अधिकारीले भनिन्, ‘जस अनुसार अन्य पालिकावासीहरुलाई पनि तयार जुत्ता उपलब्ध गराएका छौँ ।’

नगरपालिकाको कार्यालयमा सिद्धार्थनगरका तीन जना, सियारी, कोटहीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका एक–एक जनालाई खुट्टाको नाँप अनुसार जुत्ता उपलब्ध गराइएको छ ।

उपलब्ध गराइएको जुत्ताले खुट्टामा देखिएको समस्यालाई बढ्न नदिई रोकथाम गर्ने र सुधार गर्नमा मद्दत पुर्याउने अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रका फोकल पर्सन राजाराम चौधरीले बताए ।

शारीरिक रुपमा अशक्तहरुका लागि सिद्धार्थनगरको स्थानीय समन्वय समितिले अपाङ्गता वर्गीकरण अनुसार सेवा सुविधा पाउने गरी परिचय पत्र र शिविर संचालन गरी निःशुल्क सहायता साम्रगी र उपचार लागि आवश्यक समन्वय गरी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार