मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

दुई विधेयक फिर्ता, दुई विधेयक प्रमाणिकरण

Ujyalosandeshonline 11864+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेयक प्रमाणिकरण र दुई वटा विधेयक फिर्ता पठाउनु भएको छ । प्रमाणीकरणका लागि प्राप्त भएका दुई वटा विधेक सन्देश सहित प्रदेश सभामा फिर्ता पठाउनु भएका प्रदेश प्रमुखले दुई विधेयक भने प्रमाणिकरण गर्नु भएको हो । 

प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचारको लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी दिनुभयो । 

प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा(१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरु संविधानको धारा २०१ को उपधारा(३) बमोजिम पुर्नविचार हुन आवश्यक देखिएको सन्देश सहित प्रदेश सभामा फिर्ता गरेको जनाइएको छ । प्रदेश निजामती सेवा ऐन संसोधन विधेयक प्रदेश सभाबाट भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन सम्वन्धि विधेयक भदौ २७ गते पारित भएको थियो । यि दुवै विधेयक प्रदेश प्रमुखले असोज २२ गते प्रदेश सभामा फिर्ता पठाउनु भएको हो ।

यसैगरी प्रदेश प्रमुख घर्तीले दुई वटा विधेयक प्रमाणिकरण गर्नु भएको छ । प्रदेश विपद् व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक र औद्योगिक व्यवस्था सम्वन्धी प्रचलित प्रदेश कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक प्रमाणिकरण गर्नु भएको हो । प्रदेश विपद् व्यवस्थापन विधेयक असोज २० गते र औद्योगिक व्यवसाय सम्वन्धी विधेयक असोज २१ गते प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विपद् व्यवस्थापन विधेयक प्रदेश सभाबाट भदौ २८ गते र औद्योगिक व्यवसाय सम्वन्धी विधेयक भदौ ७ गते प्रदेश सभाबाट पारित भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार