मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

महाकाली नदीः आजबाट घाट खुल्यो, मापदण्डअनुसार उत्खनन् गर्न निर्देशन

Ujyalosandeshonline 10783+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

महेन्द्रनगर । महाकाली नदीको रोयल्टी ठेक्का सम्झौता भएपछि बुधबार देखि नदिजन्य पदार्थ विक्रि, संकलनका लागि घाट खुलेको छ । भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी)को विक्रि शुल्क संकलन (रोयल्टी) का लागी ठेक्का खोलेका थिए ।

काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा ठेक्का सम्झौता गरेपछि बुधबार देखि महाकाली नदीको घाट खुलेको नगरप्रवक्ता महेन्द्र खड्काले बताए । घाट खुलेपछि बुधवार नगरप्रमुख पदम बोगटी नेतृत्वको टोलीले महाकाली नदिको स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा नगरप्रमुख बोगटीले महाकालीबाट नदिजन्य पदार्थको उत्खनन् एवम् संकलन नदि किनारका बस्तीमा असर नपर्ने गरेर, किनारबाट ५ सय मिटर टाढाबाट मापदण्ड अनुसार गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा स्थानिहरुले नगरप्रमुख बोगटीलाई आफ्नो रोजीरोटी महाकाली नदिबाट बालुवा, गिट्टी संकलन गरेर चल्ने गरेको बताउदैँ ठेक्का प्रक्रियाबाट घाट खोलेकोमा धन्यवाद व्यक्त गर्दै ऐरी घाटपनि छिट्टै खोल्न आग्रह गरे । ‘भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाको प्रमुख आयस्रोत नै महाकाली नदि हो ।’ नगरप्रमुख बोगटीले भने ‘बल्ल ठेक्का सम्झौता भएको छ, कुनैपनि बाहानामा ठेकेदारलाई दुःख दिने काम कसैले नगर्नु होला ।

’ उनले अगाडी भने ‘बाकीँ नदि किनारका बस्तीलाई असर नपर्नेगरी, मापदण्डअनुसार नै नदिजन्य पदार्थ संकलन एवम् उत्खनन् गर्न सम्बन्धित पक्षलाई सबैले खवरदारी गर्नुपर्छ ।’ महाकाली नदीको नदीजन्य पदार्थ रोयल्टीमा दोधारा चाँदनी र भीमदत्त नगरपालिकाले क्रमशः ४६ र ५४ प्रतिशत लिने सम्झौता भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार