मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

किसानलाई चाँडै राहत उपलब्ध गराउन मन्त्रालय गम्भीरता पूर्वक लागेको छ : मन्त्री अधिकारी

Ujyalosandeshonline 12337+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुलाई राहत दिने कुरामा मन्त्रालयमा गम्भीरता पूर्वक छलफल भइरहेको बताएका छन् । बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हालैको बाढी पहिरोले कृषि क्षेत्रमा पु¥याएको क्षतिका सम्बन्धमा भएको छलफलमा उनले किसानलाई राहत दिने मन्त्रालयमा छलफलको साथै यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग पनि अनुरोध गरेको बताए ।

उनले भने, ‘हालको डाटा अनुसार अहिलेलाई अन्नबालीमा ६ अर्ब रुपैयाँ नोक्सानी भएको छ । तर आगामी दिनमा नोक्सानीमा पर्नु भएका किसानहरुलाई कुन तहको राहत दिन सक्छौ । कसरी दिन सकिन्छ यसतर्फ गम्भीरता पूर्वक सोचेका छौ । मन्त्रालयमा छलफल पनि भएको छ । यसको व्यवस्थापनका विषयमा दातृ संस्थाहरु सँग हामीले अनुरोध गरेका छौ ।’ 

उनले यस विषयमा समितिबाट जे निर्देशन भएपनि त्यसलाई पालना गर्न मन्त्रालय तयार रहेको बताए ।  यसको साथै, उनले किसानहरु एकदमै पीडामा परेको र के खाने र कसरी बस्ने भन्ने अवस्थामा पुगेको भन्दै यस विषयमा छिटोभन्दा छिटो काम अगाडि बढाउनु पर्ने पनि बताए । 

उनले भने, ‘१२ गते हामीले टेलिफोनमा मात्र सम्पर्क गरेका थियौं । मन्त्रालय अन्तरगत देशभर रहेका सबै तहमा रहेका साथिहरुसँग टेलिफोनमा सम्पर्क भयो र १३ गते मात्र हामी बैठक बस्यौ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो नोक्सानी भएका व्यक्तिहरु जुन किसानहरु हुनुहन्छ । पीडामा परेर टेलिफोनमै रुनु पनि भएको छ । अब हामीले दशैँ कसरी मनाउने र अब के प्राप्त हुन्छ भन्ने खालको प्रश्न पनि आएको छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार