मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

‘पुलिस अफ द मन्थ’बाट सिरहाका डिएसपी पासवान सम्मानित

Ujyalosandeshonline 12206+ समाचार ( )
५ असार २०८२, बिहीबार

सिरहा । नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारीमा उच्च लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) बिरेन्द्र कुमार पासवान ‘पुलिस अफ द मन्थ’घोषित भएका छन्।

सिरहा प्रहरी कार्यालयले २०८२ साल जेठ महिनाका लागि प्र.ना.उ. पासवानलाई संगठनको श्रीवृद्धि, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त उपाधिसहित सम्मान गरेको हो।

प्र.ना.उ. पासवानले संगठनद्वारा तोकिएको जिम्मेवारीलाई पूर्ण इमान्दारिता र निष्ठाका साथ निर्वाह गर्दै सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन सफल भूमिका निर्वाह गर्दै आएका छन्। साथै, सूचना प्रवाह तथा प्रहरी–सर्वसाधारण समन्वय सुदृढ गर्न पनि उनले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले पासवानलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य सम्पादन गर्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार