मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

‘जनतालाई आपत विपद् पर्दा सरकार तत्काल उपस्थित हुनुपर्छ’

Ujyalosandeshonline 12614+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सरकार छ भन्ने अनुभुति जनताले गर्न पाउनेगरी काम गर्नुपर्ने बताएका छन् । आपत विपद् पर्दा सरकार उपस्थित हुन आवश्यक रहेको उनको भनाइ थियो । 

सोमबार गृह मन्त्रालयमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले आम जनताले सरकार छ भन्ने अनुभुति गर्नकालागि आपत विपद् पर्दा सरकार उपस्थित हुनु आवश्यक भएको औंल्याए । उनले परेको बेला जनधन जोगाउन सकिएन भने अन्य बेलामा सरकारको उपस्थितिका अर्थ नहुने बताए । 

उनले भने,‘आम जनताले सरकार छ भन्ने अनुभुति गर्ने भनेको नै विषेशगरी आपत विपद् पर्दा हो । तर आपत विपद् पर्दा नै सरकार उपस्थित हुन सकेन भने र जनधन जोगाउन सकेन भने सरकारले आफ्नो उपस्थिति यहाँ छु भनेर मात्र हुँदैन । त्यसैले आम जनतालाई आपत विपद् पर्दा नै सरकार उपस्थित हुने कुरा महत्वपूर्ण हुन्छ । यसमा तयारी गर्नुहोस् ।’

मन्त्री लामिछानेले कार्ययोजना बनाउँदा कार्यविधि बनाएर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । प्रत्येक वर्ष एक वर्षका लागि विशेषगरी मनशुनको लागि एउटा कार्यविधि बनाउनुपर्ने र कार्यविधि बनाएर अधिकार दिनुपर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार