भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कृषी क्षेत्र रहेको वडा १० र ११ मा सिचाईका लागी धमाधम बोर गाड्न सुरु गरिएको छ । वडा नं १० मा गत वर्ष ९ वटा वोर गाडिएको थियो । यो वर्ष वडा नं ११ मा ६ वटा वोर गाड्ने काम अहिले धमाधम भैरहेको छ ।
सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरमा बजेट अपुग भए पछि ब्यक्तीगत लगानीमै ५ वटा बोर जडान गरेका थिए । उक्त वडामा बाकीँ ८ बटा गरी १३ बटा बोर जडान गरीएको थियो । निर्वाचनमा कृषी उत्पादन बढाउनको लागी कृषकहरुसगं सिचाइ सुविधाको प्रतिवद्धा गरेका नगर प्रमुख खाँले नगरको बजेट कम हुदाँ आफ्नै १० लाखको लगानीमा ५ वटा बोर जडान गरेका थिए ।
सुख्खा क्षेत्रमा बोर मार्फत सिचाई सेवा सुरु भएपछि किसान लाई राहत भएको र नगर प्रमुखले आफ्नै लगानीमा निःशुल्क बोर जडान गरी सिंचाईको ब्यवस्था गरेपछि किसान थप उत्साहीत बनेको कृषक माधव मुराउले बताए । कृषक चन्द्रवती कोईरीले सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसंग उब्जनी नहुने जमिनमा सिचाई सुविधा पछि किसाहरु उत्पादन लिन सफल भएको बताईन । कृषीमा सिचाइका लागी सिद्धार्थनगर नगरपालिका नगर प्रमुख खाँले खेलेको भुमीका उदाहरणीय रहेको उनले बताईन ।
यो बर्ष नगरको १० लाखको लागनीमा बडा नं ११ मा ६ वटा बोर जडान गर्ने काम भैरहेको नगर प्रमुख खााँनले जानकारी दिए । बोर सगै विपन्न बर्गाका लागी स्वच्छ पिउने पानीका लागी ट्युवेल जडान समेत गरीएको छ ।
किसानहरुलाई सुख्खा ठाँउमा सिचाँईको सुविधा पु¥याएसंगै किसानहरुको दैनिकीमा फेरबदल हुनुका साथै किसानले राहतको महशुस गरेको नगर प्रमुख खाँले जानकारी दिए । सिद्धार्थनगर उद्योगीक, पर्यटकीय नगर सगै यहाँका केही क्षेत्रहरु कृषी उव्जाउमा समेत पकेट क्षेत्र रहेकाले अन्य क्षेत्रको विकास सगैं नगरले कृषी क्षेत्रलाई समेत प्राथमीकतामा राखेर काम गरीरहेको उनले बताए ।