मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन | विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने | बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा |

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

Ujyalosandeshonline 12400+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उहाँले देशमा शान्तिसुरक्षा  कायम राख्न गृहमन्त्रालय  क्रियाशील रहेको बताउनुभयो । गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । “माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छ?” उहाँले प्रश्न गर्नुभयो ।

गृहमन्त्री गुरुङले उक्त विषयमा  अनुसन्धान जारी रहेकाले त्यसमा टिप्पणी गर्न उपयुक्त नहुने बताउनुभयो । “यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु ।” यद्यपि उहाँले यस्ता विषयमा व्यक्तिगत रूपमा पनि आफूलाई सोध्न सकिने बताउनुभयो ।

गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे  टिप्पणी गर्न नचाहेको पनि बताउनुभयो। 

सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन भएको महसुस गरेको बताउँदै प्रश्न गर्ने सांसद र त्यसको उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराउनुभयो ।फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय आवश्यक छ भन्नुभयो । “हाम्रो देशले धेरै उतारचढाव बेहोरेको छ। त्यसैले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना बनाइरहेका छौँ,” उहाँले भन्नुभयो, “११६६ हेल्पलाइनमार्फत आत्महत्या रोकथामका लागि प्रयास  भइरहेको छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार