मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै

Ujyalosandeshonline 10996+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा विभिन्न क्षेत्रका उद्योग तथा व्यवसायको योगदान मापन गर्ने उद्देश्यका साथ देशभर राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी असार ७ गतेसम्म स्थलगत तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्यसहित देशभर ४ हजार गणक र ५ सय सुपरिवेक्षक परिचालन गरेको छ । यस पटकको गणनाले देशभर सञ्चालित करिब १५ लाख व्यावसायिक प्रतिष्ठानलाई समेट्ने लक्ष्य राखेको छ, जसमा दर्ता भएका मात्र नभई दर्ता नभई सञ्चालनमा रहेका सबै प्रकृतिका संस्थाहरूको विवरण लिइनेछ ।

गणनालाई व्यवस्थित बनाउन देशभर ८४ वटा जिल्लागत कार्यालय सञ्चालनमा ल्याइएको छ भने सबैभन्दा बढी चाप रहने काठमाडौँमा मात्रै पाँचवटा कार्यालय स्थापना गरिएको छ । कृषि, खानी, उद्योग, पर्यटन, सूचना प्रविधिदेखि मकै पोल्ने साना व्यवसायीसम्म गरी कुल १८ वटा क्षेत्रलाई यो गणनाको दायरामा राखिएको छ । ४० वटा प्रश्नको प्रश्नावलीमार्फत सङ्कलन गरिने यो तथ्याङ्कले सरकारलाई आगामी दिनमा ठोस आर्थिक नीति निर्माण गर्न र अनौपचारिक व्यवसायलाई औपचारिक दायरामा ल्याउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलित विवरणको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने स्पष्ट पार्दै प्राप्त तथ्याङ्कलाई कर सङ्कलन वा अन्य प्रशासनिक प्रयोजनमा प्रयोग नगरिने जनाएको छ । वि.सं. २०७५ मा गरिएको पहिलो आर्थिक गणनाकै निरन्तरताका रूपमा सुरु भएको यस कार्यको अन्तिम नतिजा आगामी आर्थिक वर्षको पहिलो पाँच महिनाभित्रै सार्वजनिक गर्ने कार्यालयको तयारी छ । त्यसैले ढुक्क भएर यथार्थ विवरण उपलब्ध गराउन कार्यालयले सबै व्यवसायीहरूमा आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार