जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्स का खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा जर्सी अनावरण गरेका हुन ।
जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्र्तराष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्टसले सफलता पाउने बताए ।
जनकपुर बोल्टस्का जीएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए । जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्टस्ले यु–१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ । जनकपुरमा सोमबार साझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ ।