मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |
मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |


नागपञ्चमीः किन गर्ने नागको पूजा?

Ujyalosandeshonline 11042+ समाचार ( )
भोलानाथ घिमिरे ज्योतिष एवम पण्डित महादेवस्थान
२५ श्रावण २०८१, शुक्रबार

वास्तवमा साउन १ गतेदेखि चाडपर्वहरु सुरु हुन्छ ।वर्ष दिनमादुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ । साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो ।

साउनमहिना वैदिक सनातनहिन्दु धर्मावलम्बीहरुको पवित्रमहिनाभएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन् । उत्तरायण प्रारम्भ भएपछि भने चाडपर्वहरु सकिन्छन् । हाम्राजतिपनि चाडपर्वहरु छन् ति सबै किसान र कृषिसँग सम्बन्धित छन् । 

मुख्यगरी खेतीपातीको मौजारो गरिसकेपछि चाडपर्वलाई स्वागत गरिन्छ । मैजारो गरेर साउन १ गते  मिठा खानेकुरा बनाएर खाने, रमाइलो गर्ने चलन छ । साउन १५ गते  खीर खाने प्रचलन छ ।  खीरमा बढिजस्तो  पोष्टिक तत्व  रहेको  हुनाले थाकेको  शरीरले  भोलिको  दिनमाकाम गर्न  सकियोस्  भनेर  खीर  खाने  चलनचलेको  हो ।

तर  यो  चलन सहरमा बसेकाहरुकालागिबनाइएको होइन ।  सहरमा बसेका मान्छेहरु सधैं खाइ नै रहेका हुन्छन् । विशेषगरी ग्रामीण इलाकामा बस्नेहरुलाई खीरको अलग्गै महत्व छ । साउनमहिना हरियो चुरा लगाउनचलन छ । किनभने साउनभर पूरै पृथ्वी हरियो हुने र शीवजीखुशीहुने विश्वास छ । साउनको महिनाशिवजीलाई बेलको पात नै चढाउने चलन छ । 

बेलको  पातको  महत्व  धेरै  नै  छ । तर कसैले जानेर चढाउने  गर्छन् भने  कसैले  नजानेर चढाउने गर्छन । बेलको पत्र हरियो छ, यसमाजहिले पनि तीनवटा पत्ता हुन्छन् । तर कसैमा दुईवटा पत्रनी हुन्छन् । खासगरी भगवानशिवलाई  चढाउँदा तीनवटा पत्रभएको चढाउनुपर्छ । 

तीनवटा पत्रको  भिन्नभिन्नै महत्व  छ ।  जस्तै : ठुलो एउटा पात हुन्छ र अरु बिचमादुईवटा पात छन् । त्यो मध्ये पनि एउटा ठुलो अनि एउटा सानो हुन्छ । तर यसमापनि डाँठ नभएको चढाउनु हुँदैन । एउटा ब्रम्हा, एउटा पात बिष्णु र अर्कोपात महेश्वर हुन् । 

शिवजीको परिवारमा चार जनाको परिकल्पना गरिएको छ ।बाबु शिव, आमापार्वती, छोरा कार्तिक र कान्छाको नाम गणेश हो । शिवको महत्व सबैभन्दा ठुलो छ । सबैको एउटा एउटाबाहन छन् । शिवको बाहन–साँडे गोरु जो विस्तारै हिंड्छ ।

पार्वतीको बाहन, बाघ जो छिटो दौडिन्छ । जेठो छोरा कार्तिकको बाहन मजुुर जो छिटो उड्ने गर्छ ।साथै कान्छो छोरा गणेशको बाहनमुसा जो विस्तारै हिंड्ने गर्छ । तर शिवजीले सबैलाई मिलाएर राखेका छन् त्यसैले उनीबाट हामीलाई धेरै कुरा सिक्नभनिएको हो ।  

अब नागपंचमीको महत्वपनिशिवजीसँग जोडिन्छ । शिवजीले आफ्नो गणनाका रुपमा सर्पलाई लिएका छन् । घाँटीमा सर्प लगाएर पनिशिवजीशान्त छन् । यसको  अर्थ  केहो भने, हाम्रो  जुन वायूमण्डल र पृथ्वी छ त्यहाँ सूर्यको विकीरण आउँछ । विभिन्नधुँवाधुलो र  समस्याले गर्दा गर्दाखेरी ओजन तहविस्तारै विस्तारै घटिरहेको हुन्छ । 

त्यहीँओजनतहलाई सर्पले सूर्यबाट आएको  विकीरणलाई  सर्पले  सोसेर  विषमा परिणत गर्ने गर्दछ । यो विज्ञानले पुष्टि गरेको कुरा हो । हिन्दुहरुले मरेको मान्छे जलाउने गर्छन । जलाउँदाको धुँवाले चाहीँओजनतहलाई टाल्ने कामगर्दछ । जलाउँदापनिप्रकृतिले मान्छेले भलाइ गरिरहेको छ । विकीरणलाई नागले सोसेर लिन्छ ।

मानिसलाई जोगाउन सर्पले मद्दत गर्छ । शरीरमा विकीरण नै विकीरण र ब्याक्टेरियाहरु धेरै छन् । राम्रा ब्याक्टेरियाहरु पनि छन् जसले हामीलाई बचाएर राखेकापनि छन् । नराम्रा ब्याक्टेरियाहरुपनिछन्जसले शरीरलाई मार्न पनिखोजिरहेका छन् । शरीरमा भएकाविकीरणहरुलाई  सोसेर लिएर पनि सर्पले बचाइरहेको हुन्छ ।  जस करण पनि सर्पलाई बचाइराख्नुृपर्छ ।  

विच्छी र सर्पले हाम्रो शरीरमा भएका खराब तत्वलाई लिने काम गर्छ । त्यसैले पनि सर्पलाई हामीले बचाइराख्नु पर्दछ । हिंड्दा टोक्छ, मार्छ छुट्टै कुरा भयो तर बचेर काम गर्नुपर्छ । बिना आक्रमण नगरी त सर्पले पनिमार्दैन् । सबै सर्पहरु विषालु नै हुन्छन् भन्ने पनि छैन् । नागको प्रकार केही फरक पनि हुन्छन् । टाउकोमा सिउरो भएको सर्पहरुलाई नागभन्ने चलन छ ।

हिन्दु धर्ममा आठवटा नागको चाँही बढि महत्वदिइएको छ । विष्णु भगवानसँग शेषनागमानिएजस्तै सबैको आफ्नो आफ्नो ब्याख्या गरिएको छ । शिवजीले पनि शत्रुबाट बचाउनकालागि घाँटीमा नागको प्रयोग गरेको देखिन्छ । हामीकागजमानागको तस्वीर बनाएर टाँस्ने गर्छौं तर धातुको नागबनाएर राखन सके राम्रो हुन्छ ।

नागको आकार र स्वरुप फरक फरक हुन्छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशाा हुन्छन् । प्रत्येकतीनमहिनामानागको शिर फरक फरक हुन्छ । अहिले उत्तरतिर छ भने पश्चिमतिर नागफर्काउनुपर्ने हुन्छ । टाँसेको नाग त फर्काउन सकिँदैन् ।

धातुको नागबनाएर राख्यौंभने फर्काएर पूजा गर्न मिल्छ । नागको पूजागर्दा धुपबाल्नहुँदैन् । किनकीधुपले त सर्प भाग्छ । सर्पलाई रातो मन पर्दैन सेतो मन पर्छ । कपास मन पर्छ ।सर्पका लागि मह विषहो दुध चढाउने चलन छ । खैनीपनित्यत्तिकै विषहो ।मानिसलाई प्यारालाइसिस हुनुको कारण सर्पसँग सम्बन्धित छ । 

। शरीरमा सर्पको भूमिका बढि भएको मानिसहरुलाई कुण्डलीको १२ कोठा मध्ये ६ कोठा खालीभयोभने कालसर्प देखिने र मानिसलाई प्यारालाइसेस भएको मानिन्छ । इको सिस्टमका कारण पनिनागको महत्वभएको हो । साउनमहिनाभरी मानिसले प्रकृतिको पूजा गरिरहेको कारण इकोसिस्टमकै कारण हो । कंक्रिट भवनहरु बनाएर मात्रप्रकृतिको पूजाहुँदैन् । मान्छे मासिएपछि कतिवर्षपछि बल्ल घर ढल्छन् अनिविध्वंस हुन्छ । अनिमात्रप्रकृतिआफ्नो ठाउँमा आउँछ ।  

पातलमानागहरु धेरै बस्छन भनिन्छ ।किनकीपातलमावाजहाँ धेरै समुन्द्र छ त्यहाँ धेरै बस्ने हो । वास्तविकवा साँच्चिकै नाग नेपालपाइँदैन भनिन्छ । नागको पूजागर्दा विषेशगरी कपास प्रयोग गर्नुपर्ने हुन्छ । दुध चडाउँछौं । धान भुटेर लाभा चढाइन्छ ।

सेतो फूलनागलाई बढी मन पराउँछ । कालो सर्पको पूजागर्दा नौं वटा नागहरु बनाएर बीचमातामा, सुनको जे भएपनिकालीनागबनाएर राखिन्छ । खोलामा लगेर बगाउनुपर्छ । र नागको नृत्य गर्ने पनिचलन छ । प्रायजेष्ठको महिनमाआँदी आउँछ ।

तेर्सो खालको विजुजी चम्किन्छ । हावाले गर्दा मकै लड्छन् । हाम्रो काभ्रेको पनौतिको विशेष महत्व छ । पानी र हावाले पनौतिलाई असर गर्दैन भनिन्छ ।त्यहाँकुनै नागथियो ।कुनै तान्त्रिकले समातेर लग्यो तर वर्षमा एक पटक चाँहीनागत्यहाँ आउँछ भन्ने मान्यता छ । त्यसैले पनौतिमाभुँईचालो आएपनि घर भत्किदैन । नागले रक्षा गरेको छ भन्छन् । 

नागपूजाको प्रचलनवैदिककालदेखि नै शुरु भएको हो । वैदिकमान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाएभने पानीको अभावहुने भएकाले पानीकालागिपनिनागलाई खुसीपार्न पूजा गर्ने परम्परा बसेको हो । प्रत्येक घरमा नाग रहेका हुन्छन् भनिन्छ ।

घरको जगमुनि बसेकानाग रिसाइगएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमापनिनागपूजा गर्ने परम्परालाई निरन्तरतादिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमामान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार