मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |
मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |


रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै कुटाकुट, पालिकाको सम्पूर्ण सेवा नै बन्द

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार्यपालिका बैठकमै कर्मचारी र जनप्रतिनिधि विच कुटाकुट भएको छ । कर्मचारीलाई कुटेको भन्दै गाउँपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि कर्मचारीहरुले बन्द गरेका छन् । जनप्रतिनिधिहरु विच यस अघि देखि नै विवाद रहे पनि अहिले कर्मचारी र जनप्रतिनिधिहरु विच पनि पालिकामा विवाद चुलिएको छ । 

कार्यपालिका बैठकमा कुटाकुट भएको विषयलाई भने दुवै पक्षले आ–आफ्नै तरिकाले व्याख्या गरेका छन् । जनप्रतिनिधिहरुले बैठकमै शिक्षा शाखा प्रमुखले कुटेको भन्दै जिल्ला समन्वय समिति, प्रहरी प्रशासन लगायत मानव अधिकार सम्म गुहारेका छन भने कर्मचारीहरुले पनि यस विरुद्ध संयुक्त विज्ञप्ती प्रकाशति गरेका छन् । 

गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार रोहिणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठान, २ का वडा अध्यक्ष करम खाँन, ४ का तारानाथ यादव, ६ का ईन्द्रमान चौधरी लगायत ११ जना कार्यपालिका सदस्यहरुले शिक्षा शाखा प्रमुख मधु घिमिरे विरुद्ध उजुरी दिएका छन् । कार्यपालिका बैठकको दौरान घिमिरेले बोतल प्रहार गर्न खोज्दै अपशब्द प्रयोग गरेको जनप्रतिनिधिहरुको आरोप रहेको छ । अहिलेको विवाद शिक्षा समितिको चयन रहेको छ । 

वडा नम्बर २ का वडा अध्यक्ष करम खाँनले पटक पटकको प्रयास पछिको बसेको बैठकमा पनि विवाद गर्न खोजिएको बताए । “५ महिना देखि कार्यपालिका बैठक नै हुन सकेको छैन, अध्यक्षले एकोहोरो शिक्षा समिति बनाए पछि विवाद सुरु भएको हो ।” उनले बताए “कार्यपालिका बैठक छलेर गठन भएको शिक्षा समितिबारे छलफल गर्न खोज्दा शिक्षा शाखा प्रमुखले मलाई बोतल प्रहार गर्न खोज्नुभयो ।”

गाउँपालिकामा कार्यपालिका सदस्य नै सुरक्षित नभएको भन्दै जनप्रतिनिधिले संयुक्त रुपमा जिल्ला समन्वय समितिको सुरक्षाको पहल गरिदिन निवेदन दिएका छन् । तर जिल्ला समन्वय प्रमुख उमाकान्त चापाईले आफुलाई कुनै प्रकार निवेदन प्राप्त नभएको बताए । रोहिणीमा यस अघि पनि विवाद भईरहेको बताउदै उनले नियम अनुसार र सबैको चित्त बुझाएर काम गर्न आवश्यक रहेको टिप्पणी गरे । “यो उहाँहरुको आन्तरिक विवाद हो, विवाद मिलाउन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत नै ईच्छुक देखिनुभएको छैन ।” चपाईले भने “जिल्ला समन्वय समिति भनेको पालिकाको आन्तरिक विवाद मिलाउन सक्ने हैन अन्तर पालिका द्धन्द्ध मात्र व्यवस्थापन गर्ने हो ।”

रोहिणी गाउँपालिकाका कर्मचारीहरुले भने जनप्रतिनिधिले कर्मचारी कुटेको भन्दै गाउँपालिकाको सबै सेवा बन्द गरेको छ । कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै २ नम्बर वडाका वडा अध्यक्ष करम खाँनले शिक्षा शाखा प्रमुख मधु घिमिरेलाई कुटपिट गरेको आरोप लगाएका छन् । सार्वजनिक भएको विज्ञप्तीमा खाँनले अप्रिय गाली गलौज गर्दै भौतिक आक्रमण गरि घिमिरेलाई घाईते बनाएको उल्लेख छ ।

“पटक पटकको यस्तो घटनाले कर्मचारीको मानमर्दन गर्ने कार्यले अत्यन्त मर्माहत बनाएको छ । घटनाको दोषी उपर कार्यवाही गरि गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरु सञ्चालन गर्ने वातावरण नबने सम्मका लागि यस गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गर्दछौं ।” विज्ञप्तीमा उल्लेख छ ।

यस विषयमा बुझ्न गाउपालिका अध्यक्ष विद्या प्रसाद यादवलाई पटक पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन ।


प्रतिक्रिया

Dinesh Yadav ६ फाल्गुन २०८१, मङ्गलबार

यथा सिघ्र कसको गल्ती हो यसको छानविन होस् गाउँपालिका नियमित रूपमा सञ्चालन मा आओस् जनता लाई सास्ती भोग्न नपरोस् देश को राजनीति र कर्मचारी सबै भ्रष्ट भई सके छ्न समस्या जनता लाई छ कठै मेरो देश कहिले सुध्रिने होला।।।।

निजामुद्दीन पठान ५ फाल्गुन २०८१, सोमबार

घटना प्रति खेद प्रकट गर्दछु ! मतमतान्तर कुरा हुनु स्वभावीक हो, यस्तो घटनाले रोहिनि बासी को नाताले शर्मबोध भएको छ, कर्मचारी जिउ हरुले नियम सङगत , बिभेदरहित समन्वयकारी भुमिका सरल सहज रुपमा निर्वाह गर्न अनुरोध , प्रतिनिधि जिउ हरु पनि बैठक को मानमर्यादा कायम राखेर जनताको सेवामा समर्पित हुनु होस, होइन भने 84 मा ? धन्यवाद

Binesh Jaiswal ५ फाल्गुन २०८१, सोमबार

गाउपालिका बन्द गरेमा सर्बसाधारण जनताको पालिका मा हुने काम बन्द हुनेछ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार