मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल

Ujyalosandeshonline 11874+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरेका छन् ।

बिहीबार नेपाल नेवा राष्ट्रिय सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताएका हुन् ।

उनले भने, ‘हामीले  नगरेको  होइन, गरेका छौं । काम नगरेकाहरुसँग हामीलाई एउटै लाइनमा राख्न मिल्दैन । हामीले गर्वका साथ भन्न सक्नुपर्छ । यो मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीले गरेका छौं । परिवर्तन कसैले गरेको छ  भने  त्यो  हामीले  गरेका हौं । गणतन्त्र कसैले ल्याएको छ भने त्यो  हामीले ल्याएका छौं । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यहीँ पार्टीभित्र थिए । गित गाएर मात्र हिँडेका होइनन् विरोध गरेर  हिँडेका थिए । उत्साह बढाउने होइन उल्साह घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौं, वास्ता गरेनौं र राजतन्त्रको बारेमा अरु पार्टीले पनि मतलब गरेनन् ।’

साथै उनले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताए । उनले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गरे  ।

उनले भने, ‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ । मुल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदाखेरी (नौ महिना) उदाहरण पेश गरेका छौँ । गफ होइन, काम गरेर देखाएका छौँ, नौ महिनाभित्र सारा देशमा तरंग पैदा गरिदियौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार