मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

परिक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

Ujyalosandeshonline 12456+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन् । उनको हाल अवस्था सामान्य रहेको अस्पतालस्रोतले जनाएको छ । गोली प्रहार गर्ने सिराहाका अमितकुमार यादबलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यता गोली प्रहार भएको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरी घटना बुझ्दैछ,ु एसपी केसीले भने ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार