मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

मिथुन चक्रवर्ती : १८० फिल्म फ्लप, स्टारडम हिट

Ujyalosandeshonline 12342+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

मुम्बई । बलिउडका हरेक स्टारले सफलता र असफलताको समय देखेका छन् । शाहरुख खानदेखि लिएर अक्षय कुमारहुँदै सलमान खानसम्म आइपुग्दा अधिकांश फिल्म हिट भए पनि कुनै समय उनीहरुले करिअरको खराब अवस्थाको पनि सामना गरे ।

यद्यपि बलिउडमा यस्ता कम स्टार पनि छन्, जो असफलताको असर आफ्नो स्टारडमलाई पर्न दिएका छैनन् । आफ्नो करिअरमा झण्डै १ सय ८० वटा फ्लप फिल्म दिए पनि ‘डिस्को डान्सर’ अभिनेता अर्थात् मिथुन चक्रवर्तीले आफ्नो स्टारडमलाई फ्लप हुन दिएका छैनन् ।

मिथुनले बलिउडमा आफ्नो नाममा सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको रेकर्ड बनाएका छन् । सन् १९८० देखि ९० को दशकमा मिथुनले बलिउडमा एकछत्र राज गर्दा पनि उनले फ्लप फिल्मको संख्या उत्तिकै दिए । हरेक वर्ष उनको एक दर्जन फिल्म रिलिज हुन्थ्यो ।

उनले करिअरमा २ सय ७० बढी फिल्ममा काम गरे, जसमा १ सय ८० त फ्लप नै भए । सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको नाममा जितेन्द्र दोस्रो नम्बरमा पर्छन् । उनी अभिनीत १ सय १ फिल्म फ्लप छन् ।

९० को दशकको अन्तिम समयमा मिथुनका लगातार ३३ फिल्म फ्लप भए । फिल्म फ्लप भए पनि उनको स्टार स्टाटसमा कुनै असर परेन । उनले आफ्नो करिअरमा ५० हिट फिल्म, ३ ब्लकबस्टर र ९ सुपरहिट फिल्म पनि दिए ।

५० हिट फिल्मका अलावा उनले ७ औसत फिल्म पनि दिए । रोचक कुरा के छ भने मिथुनका फ्लप भएका फिल्म प्रायः कम बजेटका थिए । त्यसकारण अधिकांश निर्माताले खासै घाटा बेहोरेनन् । किनकी उनीहरुले त्यसको भरपाई गरिसकेका थिए ।

अहिले मिथुन अधिकांश फिल्ममा सहायक चरित्रमा देखिन्छन् । उनले टेलिभिजनमा डान्स रियालिटी शोमा निर्णायकको भूमिका खेल्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार