मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सुनवल नगरपालिकालाई महिलामैत्री शहर बनाउने प्रक्रिया सुरु

मोहन पौडेल 2+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई महिलामैत्री, बालमैत्री तथा अपांगतामैत्री शहरको रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइएको छ । लुम्बिनी प्रदेशकी एकमात्र महिला मेयर, बिमला अर्यालको नेतृत्वमा सार्वजनिक स्थलहरूमा महिला, बालबालिका र शारीरिक अपांगता भएका व्यक्तिहरूको सहज पहुँच र सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ यो पहल थालिएको हो ।

मेयर अर्यालका अनुसार, महिलामैत्री शहर निर्माणको अवधारणालाई साकार पार्न स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा उनीहरूकै आवश्यकता र चाहनाअनुसार योजना छनोट र डिजाइन गर्ने काम भइरहेको छ । "हामीले समुदायका व्यक्तिहरुको चाहना र स्थानीय सम्भाव्यताका आधारमा समुदायकै सहभागितामा योजना छनौट गरी महिलामैत्री पूर्वाधार निर्माणलाई जोड दिएका छौँ," मेयर अर्यालले भन्नुभयो, "परियोजनाको नाम महिलामैत्री शहर भए तापनि यसले अल्पसंख्यक, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकमैत्री नगरको रूपमा सुनवललाई विकसित गर्ने बृहत् लक्ष्य राखेको छ ।"

यो योजना कार्यान्वयनका लागि देशभरबाट छानिएका सात स्थानीय तहमध्ये सुनवल नगरपालिका पनि एक हो । नगरपालिकाले शहरी विकास मन्त्रालय र यूनोप्स (UNOPS) सँगको साझेदारीमा यो परियोजना सञ्चालन गरेको हो ।

परियोजनाको पहिलो चरणमा नगरपालिकाका सबै वडाहरूमा रहेका खुला क्षेत्रहरूको पहिचान गरी समुदायको प्राथमिकताको आधारमा योजना डिजाइन गर्ने कार्य भइरहेको छ । यसै क्रममा, आइतबार सुनवल–६, विशासयमा स्थानीय जनप्रतिनिधि र समुदायसँग छलफल गरी सम्भावित योजना र डिजाइनबारे सुझाव संकलन गरिएको थियो ।

यूनोप्सका आर्किटेक्ट अनुप घिमिरेले स्थानीय समुदायको सहभागिता, अपनत्व र योजनाको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न छलफल केन्द्रित गरिएको बताउनुभयो । उहाँका अनुसार, खुला स्थानहरूको पहिचान गरी शिक्षा, स्वास्थ्य र पूर्वाधारका संरचनाहरूलाई महिलामैत्री बनाउनु परियोजनाको मुख्य उद्देश्य हो ।

अहिलेसम्म वडा नं. १, ४, ५, र ८ मा स्थानीयवासीसँगको छलफलबाट खुला स्थान पहिचान गरी नक्सांकन समेत गरिएको छ । जसअनुसार वडा नं. १ मा सोमनाथ हाटबजार र बाल उद्यान, वडा नं. ५ मा विष्णु पाण्डे स्मृति पार्क, वडा नं. ४ मा महाकवि देवकोटा क्याम्पस अगाडिको खुला स्थानमा पार्क, र वडा नं. ८ को हाटबजारमा आवश्यक पूर्वाधार निर्माण गर्ने योजना अघि सारिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार