मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘बैङ्किङ्ग कसूरजन्य कार्यको कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक’

Ujyalosandeshonline 12441+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले,बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुने चेक अनादार जस्ता कसूरजन्य कार्यको कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको ङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा उनले बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुने कसूरजन्य कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी बैङ्किङ्ग कसूर तथा सजाय विधेयक संशोधन गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादार जस्ता कसूरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो ।’

उनले विधेयक सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था विधेयकमा थप गर्न लागेको जानकारी दिए  । 

उनले भने,‘सहकारी बैंकबाट हुने कारोबारलाई पनि बैङ्किङ्ग कारोबार बार मानेर सहकारी बैंकलाई पनि विधेयकमा समावेश गरी सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था यसमा थप गरिएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार