मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |
मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |


स्मार्ट कृषि कार्यक्रमले व्यबसायीक बन्दै कृषक

अनिल नेपाली 141+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

अर्घाखाँची । अर्घाखाँचीकाे  सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी  टमाटर , गाेपि आलु साग च्याउ लगायतका तरकारी  खेतीतर्फ आकर्षित भएका हुन् ।

लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधिमैत्री तरिकाले तरकारी खेतीमा लागेका हुन् ।आर्थिक वर्ष २०७६/७७ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका ५६ जना किसान तरकारी खेतीमा लागेको सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यसमितिका अध्यक्ष दिपक नेपालीले बताए।उनले ५६ जनामध्ये २६ जना किसान व्यावसायिक कृषि पेसामा लागेको जानकारी दिए ।

किसानको मागका आधारमा किसानलाई बीउ मल तथा अत्याधुनिक उपकरणसमेत प्रदान गरेको अध्यक्ष नेपालीकाे भनाइ छ । अध्यक्ष नेपालीले आफुले याे कार्यक्रम लागू गर्न भन्दा पहिला आफू व्यबसायीक कृषक नभएको आम्दानी समेत खासै नभएको र हाल याे कार्यक्रममा लागू भएपछि आफू व्यबसायीक कृषक बनेको आम्दानीको श्राेत समेत बृद्वि भएको जसले गर्दा छाेरीलाई एमबिवि एस अध्ययन  गराएको र छाेरालाई काठमाडौंमा अहिले साईन्स अध्ययन गराईरहेकाे नेपालीको भनाई रहेको छ ।

नेपालीले यस्ता वास्तविक किसानलाई प्राेत्साहन हुने गरि सरकारले गरेको कार्यक्रम निकै प्रभाबकारी रहेको नेपालीको भनाई छ  कृषक बिष्णु प्रसाद पाैडेल, राेम घर्ती मगर , अम्मर श्रेष्ठ लगायत सन्धिखर्कमा आउनु भयो सुरुमा कुन व्यबसाय गर्ने भनेर साेच्नुभयाे र सन्धिखर्क बजार देखि तल पर्टि खेतीयोग्य फाट फलटिन भएको देख्नुभयाे त्यसलाई  राेक्न कृषि पेशामा लाग्नुपर्छ भनेर साेच बनाउनु भयो सुरुमा २ राेपनिबाट सुरु गनु भयो अहिले १५ / १५ राेपनिमा तरकारी खेति गनु भएको छ । 

जसले गर्दा आम्दानीको श्राेत समेत बुद्वि भएको छ भने   छाेराछाेरीलाइ बुटवल काठमाडौं लगायतका शहरमा अध्ययन गराउन सहज भएको कृषक गुना श्रेष्ठको भनाइ छ । कृषकलाई  व्यबसायीक कृषी खेती तर्फ लागेको जागरुक गराउनकाे लागि  व्यबसायीक  तरकारी खेतीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरुलाई सहयोग गरेको किसान राेम घर्ती मगरले  बताए । 

उनी सुरुमा सन्धिखर्कमा आउदा केही थिएन पढ्न आएका थिए कृषक बने अहिले अध्ययन सगसगै कृषि पेशामा श्रीमान् श्रीमती छन् भाइ बहिनिलाई राम्रो अध्ययन गराईरहेका छन् उनले किसानको मागका आधारमा मिनिटिलर, डिजिटल काटा, पानी तान्ने मोटर पम्प, स्केयर, प्लास्टिक टनेल जस्ता सामग्रीका साथै उन्नत जातका मौसमी तथा बेमौसमी तरकारीका बीउ मलसमेत किसानले प्राप्त गरेको बताए । किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको उनको भनाइ छ । बजार नजिक भएकाले पनि उत्पादित तरकारी सन्धिखर्क र चुत्राबेँसीमा बिक्री हुने गरेको किसानको भनाइ छ ।

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि बचत भएको किसान गाेपाल  नेपालीले बताए। उत्पादित वस्तु स्थानीय बजारमानै खपत भएको र बढी भएमा छिमेकी आसपासका जिल्लामा बिक्री वितरण भएको जानकारी दिए ।आधुनिक प्रविधिबाट किसानलाई व्यावसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए ।

जसका कारण कृषकहरु व्यावसायिक बनेर राम्रो उत्पादन गरेको बताउदै किसानको आयआर्जनमा समेत वृद्धि भएको जानकारी दिए । याे कार्यक्रम प्रदेश सरकारले निर्धारण गरेर नै यी दुईवटा वडामा लागू गरेको हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार