मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

आत्मसम्मानको स्वाद: ‘हजुरको ध्यान कता हो, लुम्बिनीको चटपटे यता हो !’

धनन्जय कुमार उपाध्याय 2+ समाचार ( )
२७ मंगशिर २०८२, शनिबार

लुम्बिनी । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वले शान्तिको मुहानका रूपमा चिन्छ । तर, यही शान्त सहरका सडकहरूमा दैनिक जीवन चलाउन गरिने संघर्ष र कर्मको अर्को जीवन्त अध्याय पनि देख्न पाइन्छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ५, पर्साका २९ वर्षीय सुरेश हरिजन तिनै पात्र हुन्, जसले विगत १४ वर्षदेखि आफ्नो साइकलमा केवल चटपटे मात्र होइन, आत्मनिर्भरताको सपना पनि बेचिरहेका छन् ।

बिहानको कलिलो घामदेखि साँझको धमिलो उज्यालोसम्म लुम्बिनी क्षेत्रका सडकमा एउटा साइकल निरन्तर गुडिरहन्छ । दुई पाङ्ग्रे साइकलको पछाडि बाँधिएको र्‍याकमा मसला, चाउचाउ, मटर अनि अनुहारमा कहिल्यै नमेटिने मुस्कान लिएर हिँड्ने सुरेशको परिचय यतिमै सीमित छैन । यो त उनको डेढ दशक लामो संघर्ष र स्वाभिमानको साक्षी हो । बाहिरबाट हेर्दा जति रमाइलो देखिन्छ, उनको दैनिकी भित्रभित्रै उत्तिकै चुनौतीपूर्ण छ । घाम, पानी र धुलोसँग पौंठेजोरी खेल्दै दिनभर साइकल गुडाउँदा कहिलेकाहीँ खुट्टामा सुजन आउँछ त कहिले दुखाइले उभिनै मुस्किल हुन्छ । तर, जस्तोसुकै शारीरिक कष्टले पनि उनको मनोबललाई गलाउन सकेको छैन ।

‘अरूको लागि काम गर्नेभन्दा आफ्नै मेहनतले आफ्नै व्यापार गर्नु राम्रो हुन्छ, दुःख त छ तर काम छोड्ने मन कहिल्यै आउँदैन,’ दृढताका साथ सुरेश भन्छन् । उनको यो भनाइमा श्रमप्रतिको सम्मान र स्वावलम्बनको दह्रो विश्वास झल्कन्छ । जीवनमा स्वास्थ्य समस्या र आर्थिक संकटका धेरै उतारचढाव भोगे पनि ‘कुनै पनि काम सजिलो हुँदैन, तर असम्भव पनि हुँदैन’ भन्ने मूलमन्त्र बोकेर उनी हरेक बिहान नयाँ आशासहित सडकमा निस्कन्छन् ।

सुरेशको व्यापार गर्ने शैलीमा पनि आफ्नै मौलिकता छ । जब उनी चर्को स्वरमा “हजुरको ध्यान कता हो, लुम्बिनीको चटपटे यता हो !” भन्दै ग्राहकलाई बोलाउँछन्, तब बटुवाहरूको ध्यान उनीतिर तानिन्छ । उनको यो आवाजमा केवल व्यापारको विज्ञापन मात्र होइन, एउटा युवाको बाँच्ने जिद्दी र आत्मविश्वास पनि मिसिएको हुन्छ । लुम्बिनी घुम्न आउने पर्यटकहरूले खाने उनको चटपटेमा नुन, खुर्सानी र कागतीको स्वादसँगै १४ वर्षको निरन्तर परिश्रम र नछोडिने सपनाको सुगन्ध पनि मिसिएको हुन्छ । आज सुरेश हरिजन लुम्बिनीको बाटोमा उभिएका एक सामान्य व्यापारी मात्र नभएर ‘जहाँ संघर्ष छ, त्यहीँ सम्भावना छ’ भन्ने कुराको जिउँदो प्रेरणा बनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार