मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानवअधिकार एलाइन्सले आग्रह

Ujyalosandeshonline 12614+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

काठमाडौं । हिजो (चैत्र १५ गते) काठमाडौंमा राजावादीहरूको आन्दोलनमा भएको हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानवअधिकार एलाइन्सले आग्रह गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै मानवअधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले हिजो राजावादीहरूको अमानवीय र मानवता विरोधी गतिविधिहरू अत्यन्त निन्दनीय र खेदजनक कार्य भएको भन्दै हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका हुन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘मानवअधिकार एलाइन्स नेपाल सरकारसमक्ष हिंसात्मक र विध्वंशात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन, घाइतेहरूको  शीघ्र उपचार गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गर्दछ ।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘नागरिकका नैसर्गिक अधिकारको उल्लंघन गर्ने, सञ्चार गृहहरूमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरू तोडफोड गर्ने, निजी व्यवसायहरू लुटपाट गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, राष्ट्रिय मानवअधिकार संस्थाहरूप्रति आक्रमण गर्ने र आम नागरिकहरूमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता विरोधी गतिविधिहरू हुनु अत्यन्त निन्दनीय र खेदजनक कार्यहरू हुन् ।’ यस्तै उनले गतिविधिहरूले मानवअधिकारका आधारभूत सिद्धान्तहरू तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सिद्धान्त र मर्मको ठाडो उल्लंघन गरेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार