मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानवअधिकार एलाइन्सले आग्रह

Ujyalosandeshonline 12321+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

काठमाडौं । हिजो (चैत्र १५ गते) काठमाडौंमा राजावादीहरूको आन्दोलनमा भएको हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानवअधिकार एलाइन्सले आग्रह गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै मानवअधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले हिजो राजावादीहरूको अमानवीय र मानवता विरोधी गतिविधिहरू अत्यन्त निन्दनीय र खेदजनक कार्य भएको भन्दै हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका हुन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘मानवअधिकार एलाइन्स नेपाल सरकारसमक्ष हिंसात्मक र विध्वंशात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन, घाइतेहरूको  शीघ्र उपचार गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गर्दछ ।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘नागरिकका नैसर्गिक अधिकारको उल्लंघन गर्ने, सञ्चार गृहहरूमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरू तोडफोड गर्ने, निजी व्यवसायहरू लुटपाट गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, राष्ट्रिय मानवअधिकार संस्थाहरूप्रति आक्रमण गर्ने र आम नागरिकहरूमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता विरोधी गतिविधिहरू हुनु अत्यन्त निन्दनीय र खेदजनक कार्यहरू हुन् ।’ यस्तै उनले गतिविधिहरूले मानवअधिकारका आधारभूत सिद्धान्तहरू तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सिद्धान्त र मर्मको ठाडो उल्लंघन गरेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार