गठबन्धन सरकार छ, बजेट निर्माणमा कांग्रेसले भनेर मात्रै हुँदैन् : मन्त्री सिंह

Ujyalosandeshonline 11431+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

रूपन्देही । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजित  प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुनेभन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिए । 

उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति,जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने पनि बताए । ‘यो गठबन्धन सरकार हो । सबै कुरा कांग्रेसले भनेको मात्रै हुँदैन् । गबन्धनमा रहेका सबै दलले केहि न केही लचक हुनुपर्ने अवस्था छ,’उनले भने । विकास निर्माणको योजना छनौट गर्दा आवश्यक्ताका आधारमा धेरै नागरिक लाभान्वित  हुने योजना प्राथमिकतामा पर्ने भन्दै योजना माग गर्दा त्यस्ता योजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए । 

उपप्रधानमन्त्री सिंहले पछिल्लो समय सरकार अस्थीर बनेपछि नागरिकले स्थिरता खोजेकाले अहिले कांग्रेस र एमाले सहितका अरू दल  मिलेर राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन सरकार बनेको बताए । सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको  सिंहको भनाई थियो ।  उनले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिहरूलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार