दर्शकको मागपछि कञ्चन लाइभ कन्सर्टको समय थप, आज खुमन अधिकारी र जी–बबको प्रस्तुति रहने

Ujyalosandeshonline 11693+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

कञ्चन । रुपन्देहीको कञ्चनमा मंसिर २८ गतेदेखि जारी ‘कञ्चन लाइभ कन्सर्ट’ दर्शकहरूको मागलाई ध्यानमा राख्दै आजका लागि एक दिन थपिएको छ । एस. के. स्टाइल क्रिएसन बुटवलको आयोजनामा सुनगाभास्थित कृष्टल क्राउन रिसोर्टमा सञ्चालित उक्त कन्सर्टमा बहुचर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको उच्च माग भएपछि समय व्यवस्थापन गर्दै कन्सर्ट लम्ब्याइएको इभेन्ट डाइरेक्टर शाहिल के.सी.ले जानकारी दिनुभयो ।

आजको विशेष कार्यक्रममा गायक खुमन अधिकारीसहित चर्चित र्‍यापर जी–बब (G-Bob) र डान्सर सुनिता रानाको विशेष प्रस्तुति रहने आयोजक संस्थाका कोर्डिनेटर गोकुल न्यौपानेले बताउनुभयो । दिउँसो ४ बजेदेखि राति १० बजेसम्म चल्ने कन्सर्टमा यसअघि अर्जुन सापकोटा, ज्योति मगर र र्‍यापर भि योमाले प्रस्तुति दिइसकेका छन् । आजको कार्यक्रममा एस. के. स्टाइल क्रिएसनका उदीयमान कलाकारहरूको समेत प्रस्तुति रहने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार