मुख्य समाचार
कविता वाचन प्रतियोगितामा रोजि प्रथम | डण्डा चेकप्वाइन्टबाट अवैध भारतीय मदिरा र खाद्यान्न बरामद | हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी | भौतिक विकासको पर्खाइमा पलगडी गाउँ | बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द | पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम | अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध | प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन | विद्यार्थीद्वारा नमुना संसद् अभ्यासः सीमा विवाददेखि शिक्षा र स्वास्थ्यका मुद्दामा सरकारको ध्यानाकर्षण | जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’ |

कविता वाचन प्रतियोगितामा रोजि प्रथम

Ujyalosandeshonline 11744+ समाचार ( )
३० असार २०८३, मङ्गलबार

गुल्मी । ‘हाम्रो पुस्तकालय, हाम्रो भविष्य’ भन्ने नारासहित किरण पुस्तकालय, तम्घास गुल्मीले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ। कार्यक्रमको प्रारम्भमा युवाकवि रामप्रसाद पन्थीले आदिकवि भानुभक्त आचार्यका रचनापाठ गर्दै आफ्नो व्यङ्ग्यात्मक कविता ‘चम्चा’ प्रस्तुत गर्नुभएको थियो। पुस्तकालय व्यवस्थापन समितिका सदस्य गोपाल पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जना वाचन गर्दै साहित्यिक प्रतिभा प्रदर्शन गरेका थिए।

प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालयकी वर्षा पाण्डेय, आदर्श विद्याश्रम इङ्लिस बोर्डिङ स्कुलका प्रसुन पाण्डेय, रिडर्स पब्लिक हाई स्कुलकी कृपा कार्की, महेन्द्र माध्यमिक विद्यालयकी रोजी चुँदारा, ब्रिलियन्ट युनाइटेड एकेडेमीकी एकता थापा, अर्जुन आवासीय माध्यमिक विद्यालयकी प्रकृति भण्डारी तथा उपल्लो तम्घास माध्यमिक विद्यालयकी भावना मगरले सहभागिता जनाएका थिए। निर्णायक समितिका संयोजक विष्णुकान्त पन्थी तथा सदस्य भुवन अर्याल र लक्ष्मणप्रसाद रिजालको मूल्याङ्कनका आधारमा महेन्द्र माध्यमिक विद्यालयकी रोजी चुँदारा प्रथम, ब्रिलियन्ट युनाइटेड एकेडेमीकी एकता थापा द्वितीय तथा सिद्धबाबा माध्यमिक विद्यालयकी वर्षा पाण्डेय तृतीय हुनुभएको थियो। 

प्रतियोगिताका सबै सहभागीलाई समेत नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ। पुस्तकालय व्यवस्थापन समितिका उपाध्यक्ष दीन पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी, पूर्व क्याम्पस प्रमुख ढुण्डिराज पोखरेल, नेपाल सरकारका पूर्व सहसचिव देविराम भण्डारी, पुस्तकालयका संरक्षक, विशिष्ट तथा आजीवन सदस्य, साहित्यप्रेमी, पुस्तकालयप्रेमी र विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कवि लक्ष्मणप्रसाद रिजाल, विनोद पाण्डे र नमोनारायण पन्थीले पनि आफ्ना मौलिक कविता वाचन गरी साहित्यिक वातावरणलाई थप समृद्ध बनाएका थिए। कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव चनकबहादुर कुँवरले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार