मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

धकधईमा कांग्रेसद्वारा तीज तथा बड्का आइतवारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12206+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

भैरहवा । नेपाली कांग्रेस रोहिणी गाउँपालिका कार्यसमितिले महिलाहरुको महान पर्व हरितालिका तीज तथा थारु समुदायको बड्का आइतवारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । रोहिणी-३, धकधईस्थित सरस्वती थर्कबहादुर रायमाझी धर्मशालामा आयोजित उक्त कार्यक्रम नेपाल थारु संघ रोहिणी गाउँपालिका कार्यसमितिको सह-आयोजनामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले तीज पर्वले सम्पूर्ण महिलाहरूलाई एकताबद्ध हुन प्रेरित गर्ने बताउनुभयो । उहाँले यस्ता सांस्कृतिक पर्वहरूले समाजमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । रज्जाकले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसात् गर्दै कांग्रेसले मात्रै देशलाई समृद्धिको बाटोमा डोर्याउन सक्ने दाबी गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि, नेपाली कांग्रेस रुपन्देहीका जिल्ला अध्यक्ष रामकृष्ण खाँडले चाडपर्वहरू सामाजिक एकताको सूत्रधार भएको बताउनुभयो । उहाँले सबैलाई चाडपर्वको शुभकामना दिँदै कांग्रेसको संगठनलाई गाउँस्तरसम्म बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस रोहिणी गाउँपालिकाका सभापति पारसनाथ योगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति हीरा बहादुर खत्री, महासमिति सदस्य राधेश्याम चौधरी, प्रदेश सभापति नवीन राज आचार्य, बैजनाथ सहानी, जिल्ला सदस्यहरु राजकुमार यादव, प्रेम नारायण चौधरी, अकबाल खाँन र विश्वनाथ यादव लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले तीज र बड्का आइतवारको सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन उसमान् अलिले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय महिला तथा थारु समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

राज कुमार यादव ८ भाद्र २०८२, आइतबार

जय नेपाल हार्दिक मंगलमय शुभकामना

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार