मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

रासस 545+ समाचार ( )
१० वैशाख २०८३, बिहीबार

दशरथचन्द (बैतडी) । यहाँ अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो ।दशरथचन्द नगरपालिका–४ छेलामा आज सो बेसको औपचारिक उद्घाटन गरिएको छ । विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिनुभयो । 

अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १५ जनाको टोली रहने उहाँले बताउनुभयो । बाढी, पहिरो, आगलागीलगायत विपद्जन्य घटनामा परेका व्यक्तिहरुको उद्धारका लागि तालिम प्राप्त जनशक्तिसहित अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

“मनसुन सक्रिय हुने समय छ । यो समयमा हुनसक्ने विपद्जन्य घटनामा परेकाहरुको उद्धारका लागि जनशक्ति र आवश्यक सामग्रीसहित चौबिसै घण्टा तयारी अवस्था रहन्छ ।” उहाँले भन्नुभयो, “आवश्यक परेको खण्डमा तुरुन्त परिचालन हुन्छ ।”प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार