मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

रासस 719+ समाचार ( )
१० वैशाख २०८३, बिहीबार

दशरथचन्द (बैतडी) । यहाँ अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो ।दशरथचन्द नगरपालिका–४ छेलामा आज सो बेसको औपचारिक उद्घाटन गरिएको छ । विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिनुभयो । 

अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १५ जनाको टोली रहने उहाँले बताउनुभयो । बाढी, पहिरो, आगलागीलगायत विपद्जन्य घटनामा परेका व्यक्तिहरुको उद्धारका लागि तालिम प्राप्त जनशक्तिसहित अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

“मनसुन सक्रिय हुने समय छ । यो समयमा हुनसक्ने विपद्जन्य घटनामा परेकाहरुको उद्धारका लागि जनशक्ति र आवश्यक सामग्रीसहित चौबिसै घण्टा तयारी अवस्था रहन्छ ।” उहाँले भन्नुभयो, “आवश्यक परेको खण्डमा तुरुन्त परिचालन हुन्छ ।”प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार