मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड

Ujyalosandeshonline 12463+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढिभन्दा बढि जिम्मेवारी दिने र त्यसमा पूराना पुस्ताका क्रान्तिकारीहरुको जिम्मेवारी रहेको बताए । 

उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको छ । यसबारे हामीले छलफल गरेका छौ । छिटै त्यो निर्णय पनि गर्ने छौ । नयाँ पुस्तालाई बढिभन्दा बढि जिम्मेवारी दिने पुराना पुस्ताका क्रान्तिकारीहरुको जिम्मेवारी हो ।’यस्तै, उनले युवाहरुलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना देख्नुपर्ने भन्दै अब युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्ने बताए । 

उनले भने, ‘एक हजार जेनजी युवाहरुलाई पार्टीमा स्वागत गर्दैगर्दा हामीले देखेको सपना नेपालबाट समान्ति उत्पीडनको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल बनाउने सपाना बोकेर गरेका कामहरु स्मरण भएको छ । नयाँ पुस्तालाई देख्दा अब हामीले नयाँ सपना देख्नु पर्छ भन्ने महशुस गरेको छु । अब युवाहरुलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना हामीले देख्नु्पर्छ । युवाहरुलाई नयाँ नेपालको नयाँ नेतृत्वका रुपमा तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ ।’जेनजी पुस्ताका युवाहरुले भदौ २३ र २४ गते जस्तो नेतृत्व लिएको थियो त्यसले देश र संसारभर रहेका नेपालीहरुलाई झकझकाउने र एउटा नयाँ चेतना तिर अगाडि बढ्न बाध्य बनाउने काम गरेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार