मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

अयोध्यामा श्रीराम तिलकोत्सव : माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री सहभागी

Ujyalosandeshonline 12444+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

जनकपुरधाम । सीता–राम विवाह पञ्चमीअन्तर्गत आज पहिलो पटक भारतको अयोध्यामा भगवान श्रीरामको तिलकोत्सव भएको छ । तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका छोटा महन्त रामरोषण दास र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेको छ । टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका छन् ।

रामसेवकपुरम् अयोध्यामा तिलकोत्सव समारोह गरिएको हो । माता सीताको अभिभावकको भूमिकामा मुख्यमन्त्री सिंह र छोटा महन्त दास रजलकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह बसेका हुन् । श्रीराम मन्दिर ट्रष्टका सचिव चम्पत राय भगवान श्रीरामको अभिभावकको भूमिकामा छन् । दुवैतर्फका प्रतिनिधिलाई राखेर पण्डितले मन्त्रोचारण गरी तिलकोत्सव गरेको छ ।

विवाह अगाडि बेहुलीको आफन्त बेहुलाको घर पुगेर तिलकोत्सव गरिने चलन छ । त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच विवाह भएको थियो । त्यसकै सम्झनामा जनकपुरधाममा हरेक वर्ष विवाह पञ्चमी विशेष धुमधामका साथ मनाइन्छ ।

भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान रामको जन्मभूमि हो । त्यहाँबाट हरेक पाँच÷पाँच वर्षमा जनकपुरधाम जन्ती आउने गरेको छ । यसवर्ष पनि अयोध्याबाट जन्ती आउने भएको छ । विवाह पञ्चमी मंसिर २१ गते परेको छ । अयोध्याबाट जन्ती मंसिर १८ गते आइपुग्नेछ । जन्ती चार दिन जनकपुरधाममा बसेर मंसिर २२ गते अयोध्या फर्किनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार