मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न मेयर कप : प्रमुख दाहाल

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ माघ २०८०, बुधवार

चितवन । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘ग्रास लेभल’बाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताएकी छिन् । 

बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुरको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट आयोजना गरिएको स्पष्ट पारिन् । 

उनले भनिन्, ‘३ महिनासम्म प्रतियोगिता हुन्छ, प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिराबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो।’

गौतमवुद्ध क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागि हुनेछन् । 

प्रमुख दाहालले अहिले विद्यालयस्तरीय क्रिकेट लिग हुन लागेको भएपनि आगामी दिनमा फुटबल, भलिबललगायतका खेलको लिग हुने उल्लेख गरिन् ।

महानगरपालिकाले शिक्षासँगै रचनात्मक कार्यलाई सँगै अगाडि बढाउने उद्देश्यले व्यवहारिक शिक्षालाई जोड दिएको प्रमुख दाहालको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार